"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टी-२० विश्वकप फाइनल : भारत र दक्षिण अफ्रिका भिड्ने

प्रकाशित मिति :  28 June, 2024 11:36 am


काठमाडौँ  । भारतले इंग्ल्यान्डविरुद्ध प्रभावशाली खेल प्रदर्शन गर्दै ६८ रनले बिहीबार पराजित गरेको छ । यससँगै भारत प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । यससँगै इंल्ग्यान्डले उपाधि रक्षा गर्ने सम्भावना समाप्त भएको छ । भारतले भने फाइनलमा शनिबार दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

कठिन सावित भएको पिचमा जितका लागि १ सय ७२ रनको लक्ष्य पाएको इंग्ल्यान्डले १६.४ ओभर मात्र टिकेर १ सय ३ रन बनाउन सक्यो । इंग्ल्यान्डका लागि कोही पनि ब्याटरले गतिलो योगदान दिन सकेन् । ह्यारी ब्रुक्सको २५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

कुलदीप यादव र अक्षर पटेलले घातक बलिङ गरे । उनीहरूले तीन/तीन विकेट लिए । अक्षरले २३ रन मात्र खर्चे र ‘प्लेयर अफ द म्याच’ पनि भए । जसप्रित बुमराहले पनि दुई विकेट हात पारे ।

त्यसअगाडि भारतले ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । रोहित शर्माले फेरि कप्तानी इनिङ्स खेल्दै ५७ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै सूर्यकुमार यादवले ४७ रनको योगदान दिए । फाइनल खेल नेपाली समयअनुसार शनिबार बेलुका सवा ८ बजे सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी

काठमाडौँ-  आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को पाँचौँ खेलमा नेपालले विश्व क्रिकेटको महारथि इंगल्याण्डलाई अन्तिम बलसम्म जसरी स्तब्ध