"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टी-२० विश्वकप फाइनल : भारत र दक्षिण अफ्रिका भिड्ने

प्रकाशित मिति :  28 June, 2024 11:36 am


काठमाडौँ  । भारतले इंग्ल्यान्डविरुद्ध प्रभावशाली खेल प्रदर्शन गर्दै ६८ रनले बिहीबार पराजित गरेको छ । यससँगै भारत प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । यससँगै इंल्ग्यान्डले उपाधि रक्षा गर्ने सम्भावना समाप्त भएको छ । भारतले भने फाइनलमा शनिबार दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

कठिन सावित भएको पिचमा जितका लागि १ सय ७२ रनको लक्ष्य पाएको इंग्ल्यान्डले १६.४ ओभर मात्र टिकेर १ सय ३ रन बनाउन सक्यो । इंग्ल्यान्डका लागि कोही पनि ब्याटरले गतिलो योगदान दिन सकेन् । ह्यारी ब्रुक्सको २५ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

कुलदीप यादव र अक्षर पटेलले घातक बलिङ गरे । उनीहरूले तीन/तीन विकेट लिए । अक्षरले २३ रन मात्र खर्चे र ‘प्लेयर अफ द म्याच’ पनि भए । जसप्रित बुमराहले पनि दुई विकेट हात पारे ।

त्यसअगाडि भारतले ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । रोहित शर्माले फेरि कप्तानी इनिङ्स खेल्दै ५७ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै सूर्यकुमार यादवले ४७ रनको योगदान दिए । फाइनल खेल नेपाली समयअनुसार शनिबार बेलुका सवा ८ बजे सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको