"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देउवा र ओलीबीच बालकोटमा भेटवार्ता

प्रकाशित मिति :  29 June, 2024 10:05 pm


फाईल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। ओली निवासमा शनिबार उनीहरूबीच भेटवार्ता भएको हो। बालकोट स्रोतका अनुसार कांग्रेस सभापति देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए।

उनीहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भएको स्रोतको भनाइ छ। राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले नेतृत्वको सरकार बन्नुपर्ने बहस भइरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्णरूपमा हेर्न सकिन्छ। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचनलगत्तै एमालेको समर्थनबाट प्रधानमन्त्री बनेका थिए। राष्ट्रपतिको निर्वाचनअघि कांग्रेससँग काँध फेरेका प्रधानमन्त्री दाहाल फेरि पुरानै गठबन्धन अर्थात् एमालेसँग सहकार्य गर्न पुगेका छन्। प्रधानमन्त्री दाहालले पालैपालो काँध फेर्दा राजनीतिक स्थायित्व नहुने भन्दै शीर्ष नेतृत्वको आलोचना हुँदै आएको छ। यद्यपि, प्रधानमन्त्री दाहालले एमालेसँगको सहकार्य ५ वर्ष जाने बताइरहेका छन्। एमाले नेताहरूले पनि आफूहरूले यही गठबन्धनलाई निरन्तरता दिने बताउँदै आएका छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका