"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देउवा र ओलीबीच बालकोटमा भेटवार्ता

प्रकाशित मिति :  29 June, 2024 10:05 pm


फाईल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। ओली निवासमा शनिबार उनीहरूबीच भेटवार्ता भएको हो। बालकोट स्रोतका अनुसार कांग्रेस सभापति देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए।

उनीहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भएको स्रोतको भनाइ छ। राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले नेतृत्वको सरकार बन्नुपर्ने बहस भइरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्णरूपमा हेर्न सकिन्छ। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचनलगत्तै एमालेको समर्थनबाट प्रधानमन्त्री बनेका थिए। राष्ट्रपतिको निर्वाचनअघि कांग्रेससँग काँध फेरेका प्रधानमन्त्री दाहाल फेरि पुरानै गठबन्धन अर्थात् एमालेसँग सहकार्य गर्न पुगेका छन्। प्रधानमन्त्री दाहालले पालैपालो काँध फेर्दा राजनीतिक स्थायित्व नहुने भन्दै शीर्ष नेतृत्वको आलोचना हुँदै आएको छ। यद्यपि, प्रधानमन्त्री दाहालले एमालेसँगको सहकार्य ५ वर्ष जाने बताइरहेका छन्। एमाले नेताहरूले पनि आफूहरूले यही गठबन्धनलाई निरन्तरता दिने बताउँदै आएका छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई