"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विराट कोहली र रोहित शर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

प्रकाशित मिति :  30 June, 2024 10:51 am


काठमाडौं । भारतका कप्तान रोहित शर्मा र ओपनर विराट कोहलीले‍ टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। शनिबार राति टी-२० विश्वकपको उपाधि जितेसँगै रोहितले टी-२० फर्म्याटका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्। शनिबार दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले १७ वर्ष यताको उपाधि खडेरी तोड्दै टी-२० विश्वकपमा दोस्रो उपाधि जितेको थियो।

बार्बाडोसमा पोस्ट म्याच प्रेस कन्फरेन्समा कप्तान शर्मा र म्यान अफ द म्याच घोषित हुँदै गर्दा कोहलीले सन्यासको घोषणा गरेका हुन्।   दुवैले सन्यासका लागि यो भन्दा उत्तम समय नभएको बताएका थिए। 

 ‘टी-२० अन्तर्राष्ट्रियमा यो मेरो अन्तिम खेल थियो । यो फर्म्याटबाट बिदा हुनका लागि योभन्दा राम्रो समय अरु हुन सक्दैन । मैले यही फर्म्याटबाट भारतीय क्रिकेट टिममा खेल्न सुरु गरेको थिएँ। म उपाधि जित्न चाहन्थे,’ रोहितले भने।

कोहलीले जारी विश्वकपपछि आफूहरूले सन्यास लिने विषय ओपन सेक्रेटजस्तै भएको बताएका थिए। ‘अब अर्को पुस्तालाई पालो दिने बेला भयो। हामीसँग उत्कृष्ट खेलाडीहरू थुप्रै उत्पादन भएका छन्, जुन भर्खरै सकिएको आइपिएलमा पनि देखियो।  अब भारतलाई यसभन्दा अगाडि लैजाने जिम्मा तिनै खेलाडीहरूको हो,’ कोहलीले भने।

रोहित शर्मा जारी विश्वकपमा सबैभन्दा बढी रन बनाउने खेलाडीको दोस्रो नम्बरमा परे। उनले ८ खेलबाट २५७ रन बनाएका छन्। रोहित शर्माको नाममा टी-२० आईमा सबैभन्दा बढी रन बनाउने खेलाडीको कीर्तिमान पनि छ। उनले १५९ वटा खेलबाट ४ हजार २३१ रन बनाएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई