"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एकीकृत समाजवादीको महाधिवेशन उद्घाटनमा शिर्ष नेता सहभागी, निम्तो पाएर पनि गएनन् ओली

प्रकाशित मिति :  30 June, 2024 3:09 pm


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रमा सबै राजनीतिक दलका शीर्ष नेतालाई निम्तो पठाइएको थियो। सोहीअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका  प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा अध्यक्ष अशोक राईलगायत उपस्थित भएका छन्।

तर नेकपा एकीकृत समाजवादी पार्टीले निम्तो दिए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उक्त समारोहमा गएका छैनन्। नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एमालेमा केपी ओलीसँगै विद्रोह गरेर माधवकुमार नेपाल र झलनाथ खनालले स्थापना गरेको पार्टी हो। यो पार्टी स्थापनाको तीन वर्षमा अहिले १०औं राष्ट्रिय महाधिवेशन गर्न लागेको हो। एकीकृत समाजवादीको आजबाट सुरु भएको महाधिवेशन आगामी २० गतेसम्म चल्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद