"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एकीकृत समाजवादीको महाधिवेशन उद्घाटनमा शिर्ष नेता सहभागी, निम्तो पाएर पनि गएनन् ओली

प्रकाशित मिति :  30 June, 2024 3:09 pm


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रमा सबै राजनीतिक दलका शीर्ष नेतालाई निम्तो पठाइएको थियो। सोहीअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका  प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा अध्यक्ष अशोक राईलगायत उपस्थित भएका छन्।

तर नेकपा एकीकृत समाजवादी पार्टीले निम्तो दिए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उक्त समारोहमा गएका छैनन्। नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एमालेमा केपी ओलीसँगै विद्रोह गरेर माधवकुमार नेपाल र झलनाथ खनालले स्थापना गरेको पार्टी हो। यो पार्टी स्थापनाको तीन वर्षमा अहिले १०औं राष्ट्रिय महाधिवेशन गर्न लागेको हो। एकीकृत समाजवादीको आजबाट सुरु भएको महाधिवेशन आगामी २० गतेसम्म चल्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन