"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टीआरसी टुंगो लगाउन सहजीकरण संयन्त्र गठन

प्रकाशित मिति :  1 July, 2024 5:27 pm


काठमाडौँ । लामो समयदेखि थाती रहेका सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) र बेपत्ता छानबिनसम्बन्धी विषय टुंगो लगाउनका लागि प्रमुख तीन दलको सहजीकरण संयन्त्र गठन भएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला र माओवादीका उपमहासचिव जनार्दन शर्मा उक्त संयन्त्रमा रहनेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ‌ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गत बिहीबार संयन्त्र बनाउनेबारे सैद्धान्तिक सहमति भएको थियो । उक्त सहमतिअनुसार आइतबार सहजीकरण गर्ने संयन्त्रमा बस्ने व्यक्तिहरूको नाम टुंगो लागेको हो ।

‘तीन दलकाबीच केही दिन अघि नै सहजीकरणका लागि एउटा संयन्त्र बनाउने कुरा भएको थियो । त्यहीअनुसार गठन भएको हो । टीआरसीसँग सम्बन्धित गाँठो परेका विषयहरू फुकाउन यसले सहजीकरण गर्नेछ’ एमाले प्रमुख सचेतक बर्तौलाले ईकान्तिपुरसँग भने । उनले योसँग सम्बन्धित विषयहरूलाई साँघुरो बनाउने र एउटा सहमति पुग्ने बताए ।

कांग्रेससहितको गठबन्धनकै बेला अघि बढाउन खोजिएको टीआरसी विधेयक त्यसबेला एमालेको असहमतिका कारण रोकिएको थियो । गत फागुनमा कांग्रेस नेतृत्वको गठबन्धनपछि बनेको एमालेसहितको समीकरण बनेपनि टीआरसीसम्बन्धी विधेयक संसद्‌मा थन्किएको छ । दुबै गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने आफ्नो प्रमुख प्राथमिकतामा भएको बताए पनि अघि बढ्न सकेको छैन ।

एमाले, माओवादीको सहकार्य सुरु भएपछि टीआरसीमा एमाले लचिलो देखिए पनि कांग्रेसले चासो नदेखाएका कारण संसद्‌मा थन्किएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु टीआरसीमा सहमति खोज्ने प्रयास गरेका थिए । त्यही बैठकमा संयन्त्र बनाउने कुरा भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद