"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री दाहालले राजीनामा नदिने, संसद्‌मा विश्वासको मत सामना गर्ने

प्रकाशित मिति :  2 July, 2024 12:12 pm


काठमाडौँ । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन निर्माण गर्ने सहमतिपछि राजनीतिक रुपमा संकटमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री दाहालले संवैधानिक प्रावधान अनुसार संसद्भित्र विश्वासको मतको सामाना गर्ने भएका छन् ।

माओवादी पदाधिकारीहरूको बालुवाटारमा बसेको बैठकले सरकार नछोड्ने र विश्वासको मतको सामना गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

‘गलेर सरकार छोड्ने कुरा हुँदैन, संसद् फेस गर्ने भन्नेछ । संसद्मा जसले गणित देखाउन सक्छ त्यसले सरकार चलाउने हो’ पौडेलले भने ।

मा‌ओवादीले संविधान संशोधनबारे कांग्रेस र एमालेबीच भएको सहमतिप्रति आशंका व्यक्त गरेको छ । ‘ के आवश्यकता पर्‍यो संविधान संशोधन गर्ने ? कतै ०४७ को संविधान ब्युँत्याउनेतर्फ त गइएको होइन’ बैठकमा उठेको कुराबारे जानकारी दिँदै पौडेलले भने । उनले कांग्रेस एमालेसँग पनि थप कुराकानी गर्ने जानकारी दिए । ‘धेरै परसम्म मिलेर जाने हो भनिरहेको अवस्थामामा एकातिर एक थोक भन्ने, तुरुप एउटा फाल्ने काम अर्को गर्ने कुराको हामी प्रतिवाद गर्छौं ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद