"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस-एमाले संलग्न भ्रष्टाचारका फाइल खोल्न लाग्दा डराएर सरकार ढाल्ने षड्यन्त्रमा लागे : रवि लामिछाने

प्रकाशित मिति :  2 July, 2024 7:13 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खोल्न थालेलगत्तै सरकार ढाल्ने षड्यन्त्र भएको बताएका छन्। पार्टी बैठकपछि मंगलबार पत्रकारहरूले सरकार निर्माणका लागि नयाँ गठबन्धन निर्माणबारे सोधेको प्रश्नमा उनले यस्तो बताएका हुन्।

उनले भ्रष्टाचारका फाइल खोल्दा आफूनिकट दलका नेताहरूकै नाम मुछिने पाएपछि कांग्रेस-एमाले एक भएको आरोप पनि लगाए। ‘यहाँ अहिले जे भएको छ केही भन्नैपर्ने नै छैन। सबै कुरा स्पष्ट आइसकेको छ। तपाईंहरूले देखिहाल्नुभएको छ,’ उनले भने, ‘जुन ढंगले सरकार अघि बढेको थियो। तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्‍यो, फाइल खोल्नुपर्‍यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो। मैले के भन्नु?’

लामिछानेले यति बोलिसकेपछि पत्रकारले सोधे- नक्कली शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेकै आधारमा सरकार फेरबदलसम्म आइपुगेको हो?  लामिछानेले भने- ‘बेचैनीको अरू के अर्थ होला? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो यो सरकारलाई, संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने यति पनि बुझ्न नसक्ने हो र हामी। सबैले बुझेकै कुरा हो। ठीक छ अहिले मलाई केही पनि भन्नु छैन। संवैधानिक प्रक्रियाहरू सुर’ होला। अनि समय आएसँगै बोल्दै, भन्दै जाउँला।’

नक्कली शरणार्थी प्रकरणमा पूरक अनुसन्धानका लागि भन्दै फरार रहेका बेचन झा गत शुक्रबार पक्राउ परेका हुन्। संयोग कस्तो भने पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार ढाल्ने गरी कांग्रेस-एमालेको कसरत पनि शुक्रबारबाट नै बाहिर देखिने गरी भएको हो।

कांग्रेस-एमाले मिलेर सरकार बनाउन गए राति १२ बजे विभिन्न सम्झौता र भागबन्डा गरेका छन्। अहिलेको सरकारमा रहेको एमालेका मन्त्रीले आज मंगलबार पदबाट राजीनामा दिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन्। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि नयाँ सरकार गठन प्रक्रिया सुरु भएपछि अहिलेको सरकारबाट बाहिरिने र नयाँ गठबन्धनको सरकारमा सामेल नहुने बताएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद