"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री दाहाललाई भोलिसम्म राजीनामा दिन एमालेको आग्रह

प्रकाशित मिति :  2 July, 2024 7:27 pm


काठमाडौँ ।  नेकपा (एमाले) ले नयाँ सरकार निर्माणका लागि बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । 

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिअनुरुप संविधानको धारा ७६ (२) को व्यवस्थाबमोजिम सरकार निर्माणका लागि बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

यस्तै बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसद्‌मा रहेका सबै दलहरुलाई आह्वान गर्ने निर्णयसमेत गरेको छ । एमाले सचिवालय बैठकले गरेको निर्णय अहिले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदैछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद