"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपा बैठक : किन महामन्त्री ढकालले बाँधे मुखमा कालो टेप ?

प्रकाशित मिति :  3 July, 2024 11:38 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठकमा महामन्त्री मुकुल ढकालले मुखमा कालो टेप बाँधेर विरोध जनाएका छन् । बालाजुस्थित केन्द्रीय कार्यालयमा चलिरहेको बैठकमा महामन्त्री ढकालले मुखमा मास्क लगाएर त्यसमाथि कालो टेपको क्रस बनाएका छन् । 

बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि विरोधस्वरूप उनले मुखमा कालो टेप बाँधेका हुन् । लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रसारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आए पनि केन्द्रीय समितिले उनको प्रस्तावलाई अस्वीकृत गरी बैठक सञ्चालन गरिरहेको छ ।

केही दिनअघि मात्र रास्वपाले महामन्त्री ढकाललाई स्पष्टीकरण सोधिएको थियो । सभापतिलाई बुझाइएको प्रतिवेदन पहिल्यै सञ्चामाध्यममार्फत सार्वजनिक गरेको भन्दै ढकाललाई स्पष्टीकरण सोधिएको हो । देश दौडाहापछि पार्टीका बारेमा जनधारणा समेट्दै उनले प्रतिवेदन तयार पारेका थिए ।

एमाले-कांग्रेसले सरकार बनाउने सहमति गरेपछि रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा नयाँ सत्ता समीकरण, महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने र पार्टीले आफ्नो धारणा बनाउने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद