"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राजीनामा दिएर मार्ग प्रसस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

प्रकाशित मिति :  3 July, 2024 12:14 pm


काठमाडौँ । वर्तमान सत्ता समीकरण भत्काएर नयाँ सत्ता समीकरण बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको छ।

बुधबार बिहान पार्टी सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको बैठकले उक्त सहमति अनुमोदन गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। ‘हाम्रो पार्टी सभापति र नेकपा एमाले अध्यक्षबीच जुन सहमति भएको थियो, त्यो सहमतिलाई केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरेको छ,’ उनले भने।

त्यस्तै बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिएर मार्ग प्रसस्त गर्न समेत आग्रह गरेको महतले जानकारी दिए। उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीलाई मार्ग प्रसस्त गर्न पनि आग्रह गरेको छ।’

देउवा र ओलीबीच सोमबार मध्यरातमा भएको सहमतिमा प्रचण्ड नेतृत्वको सरकार परिवर्तन गरेर नयाँ सरकार बनाउने र संधिवान संशोधन गर्ने लगायतका विषय रहेको नेताहरूले बताएका छन्।

उक्त सहमति अनुसार सुरुमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने छन् भने त्यसपछि देउवाले चुनावसम्मै सरकारको नेतृत्व गर्नेछन्। एमालेले पनि मंगलबार सचिवालय बैठक राखेर प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद