"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपा मन्त्रीले दिएनन् राजीनामा

प्रकाशित मिति :  4 July, 2024 12:29 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहयोग गर्न आग्रह गरेपछि रास्वपाका मन्त्रीहरू राजीनामा नबुझाई बालुवाटारबाट फर्केका छन् । एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा रास्वपाले मन्त्रीहरू राजीनामा दिने तयारी स्वरुप प्रधानमन्त्रीलाई भेट्न बिहीबार बिहान बालुवाटार गएका थिए ।

प्रधाममन्त्रीले दाहालले आफू विश्वासको मत लिने प्रक्रियामा लाग्ने भएकाले त्यसमा सहयोग गर्न रास्वपाका मन्त्रीहरूलाई आग्रह गरे । त्यसपछि रास्वपाले दाहालले सहयोग गर्न भन्दै मन्त्रीको राजीनामा स्थगित गरेको हो ।

‘प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि हामीले मन्त्रीहरूको राजीनामा दिएनौं । छिटो विश्वासको मत लिने प्रक्रियामा लाग्नुहोस् भनेर हामीले भनेका छौैं’ रास्वपा प्रमुख सचेतक सन्तोष परियारले ईकान्तिपुरसँग भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद