"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रचण्डको अस्थिर चरित्रका कारण अहिलेको परिस्थिति आयो : महामन्त्री थापा

प्रकाशित मिति :  4 July, 2024 1:34 pm


विराटनगर । कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताका कारण कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले अहिलेको परिस्थितिको सम्पूर्ण कारण भनेको प्रधानमन्त्री दाहालको अस्थिरता नै रहेको बताएका हुन् । 

‘प्रधानमन्त्री दाहालको यति धेरै अस्थिर चरित्र र व्यवहार नभएको भए एमाले माओवादी गठबन्धनको सरकार बनेको तीन चार महिना नहुँदै नयाँ गठबन्धन बन्दैन थियो,’ थापाले भने ‘एमालेसँग सरकारमा बसिरहेर पनि प्रचण्डले फेरि नयाँ खालको लसपस गर्नका निम्ति हातखुट्टा पसार्न थालेपछि अहिलेको दुर्घटना निम्त्याएको हो ।’

महामन्त्री थापाले अगाडि भने, ‘नेपालको राजनीतिमा प्रचण्ड यतिधेरै अस्थिर रहनुभयो कि उहाँसँग अब कसैको पनि विश्वास रहेन’ थापाले भने, ‘त्यो कारणले अहिलेको परिस्थिति सिर्जना भएको हो ।’

विगतमा पनि कांग्रेस र एमाले मिलेर मुलुकलाई निकास दिएको महामन्त्री थापाको भनाइ छ । महामन्त्री थापाले अहिले नै कांग्रेस कसको नेतृत्वमा सरकारमा जाने विषय टुंगो नलागेको समेत दाबी गरे । उनले भने, ‘प्रधानमन्त्री दाहालले मार्गप्रशस्त गरेपछि मात्र पार्टी कसको नेतृत्वमा एमाले सरकारमा जाने टुंगो लगाउँछ ।’ तपाई अबको गृहमन्त्री हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा थापाले भने, ‘म पार्टीको महामन्त्री हुँ, गृहमन्त्री होइन ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद