"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारबाट समर्थन फिर्ता लिएको एमालेले संसद्लाई गरायो जानकारी

प्रकाशित मिति :  5 July, 2024 2:06 pm


काठमाडौँ ।  एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद्लाई दिएको छ । शुक्रबार एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् । 

राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएकाले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रमा उल्लेख छ । प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । सत्ता घटकको सबैभन्दा ठूलो दल एमालेले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री दाहाल भने विश्वासको मत लिने अडानमा छन् ।

एमालेको पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा (एमाले)को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ । सोको जानकारी सम्माननीय प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा हाम्रो दल नेकपा (एमाले) संसदमा प्रतिपक्षमा रहने व्यहोरा जानकारी गराइन्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई