"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिनुपर्छ : एमाले

प्रकाशित मिति :  7 July, 2024 1:25 pm


काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएको छ। आइतबार बसेको संसदीय दल बैठकबाट एमालेले प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने माग गरेको हो।

‘प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन हामीले अपिल गरेका छौं। हाम्रो पहिलो माग प्रधानमन्त्रीले आजै, अहिले भर्खर राजीनामा दिनुपर्छ भन्ने हो,’ प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘उहाँले राजीनामा दिनु भएन भने असार २८ गते विश्वास मत लिने भन्नुभएको छ। उहाँले राजीनामा नदिए विश्वास मतको विपक्षमा एमालेले मतदान गर्छ।’

उनले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि मार्गप्रशस्न गरिदिन पनि एमालेले माग गरेको बताए। ‘सरकार अल्पमतमा परे पनि विभिन्न निर्णय गरिरहेको छ, यो सरकारले कुनै पनि निर्णय गर्ने हैसियत राख्दैन,’ उनले भने, ‘सरकारलाई कुनै पनि निर्णय नलिन पनि हाम्रो बैठकले सचेत गराएको छ।’

एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ती दलका मन्त्रीहरूले पनि पदबाट राजीनामा दिइसकेका छन्।नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो।

प्रधानमन्त्री दाहालले भने पदबाट राजीनामा नदिने बरू संसद फेस गर्ने बताइरहेका छन्। असार २८ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद