"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

युरोकपको सेमिफाइनल समीकरण पूरा

प्रकाशित मिति :  7 July, 2024 1:46 pm


काठमाडौं । युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरणपूरा भएको छ। सेमीफाइलनल पुग्ने दुई टिमको टुंगो गएराति लागेसँगै युरोकपको सेमिफाइनल समीकरणपूरा भएको हो। गएराति स्वीटजरल्याण्डलाई हराएर इंग्ल्याण्ड र टर्किएलाई पराजित गर्दै नेदरल्याण्ड्स सेमिफाइनला पुगेको हो।

इंग्ल्याण्ड र स्वीट्जरल्याण्डबीचको खेलको टुंगो टाइब्रेकरबाट लागेको हो। सेमिफाइनलमा स्थान सुरक्षित गर्न नेदरल्याण्ड्स टर्किएविरूद्ध २-१ गोलले विजयी भएको हो। स्पेन र फ्रान्स यसअघि नै सेमिफाइनलमा पुगेको थियो।

स्पेनले जर्मनी र फ्रान्सले पोर्चुगललाई पराजित गर्दै सेमीफाइनलमा पुगेको थियो। सेमिफाइनल खेल जुलाई १० देखि हुनेछ।  पहिलो सेमिफाइनल खेल स्पेन र फ्रान्सबीच बुधबार राति १२:४५ बजे हुनेछ। दोस्रो सेमिफाइनल नेदरल्याण्ड र इंग्ल्याण्डबीच बिहीबार राति १२:४५ बजे हुनेछ। फाइनल खेल जुलाई १५ मा हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको