"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

युरोकपको सेमिफाइनल समीकरण पूरा

प्रकाशित मिति :  7 July, 2024 1:46 pm


काठमाडौं । युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरणपूरा भएको छ। सेमीफाइलनल पुग्ने दुई टिमको टुंगो गएराति लागेसँगै युरोकपको सेमिफाइनल समीकरणपूरा भएको हो। गएराति स्वीटजरल्याण्डलाई हराएर इंग्ल्याण्ड र टर्किएलाई पराजित गर्दै नेदरल्याण्ड्स सेमिफाइनला पुगेको हो।

इंग्ल्याण्ड र स्वीट्जरल्याण्डबीचको खेलको टुंगो टाइब्रेकरबाट लागेको हो। सेमिफाइनलमा स्थान सुरक्षित गर्न नेदरल्याण्ड्स टर्किएविरूद्ध २-१ गोलले विजयी भएको हो। स्पेन र फ्रान्स यसअघि नै सेमिफाइनलमा पुगेको थियो।

स्पेनले जर्मनी र फ्रान्सले पोर्चुगललाई पराजित गर्दै सेमीफाइनलमा पुगेको थियो। सेमिफाइनल खेल जुलाई १० देखि हुनेछ।  पहिलो सेमिफाइनल खेल स्पेन र फ्रान्सबीच बुधबार राति १२:४५ बजे हुनेछ। दोस्रो सेमिफाइनल नेदरल्याण्ड र इंग्ल्याण्डबीच बिहीबार राति १२:४५ बजे हुनेछ। फाइनल खेल जुलाई १५ मा हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार