"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गिरिबन्धु टी-इस्टेट र बेचन झाका बेचैनीले सत्ता समिकरण बदलियो : सांसद सापकोटा

प्रकाशित मिति :  7 July, 2024 5:45 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले गिरिबन्धु टी- इस्टेट प्रकरण र भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि दलहरूबीच भागदौड मच्चिएको बताएका छन्।  आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सापकोटाले गिरिबन्धु टी-इस्टेट र बेचन झा पक्राउ पछि दलहरूको चैन उडेर भागदौडपछि एकै ठाउँमा पुगेको बताएका हुन्। 

उनले कांग्रेस र एमालेबीच भएको सम्झौता  सार्वजनिक नहुनु अपारदर्शी काम भएको र त्यस्ता अपारदर्शी र अनैतिक काम गर्नेले प्रधानमन्त्रीलाई नैतिकता सिकाउन नमिल्ने समेत बताए।  ‘गिरिबन्धुको कालो धब्बाले धपक्कै छोप्पिएर र बेचैन झाले बेचैन बनाएर भागदौड चलेकाहरूले हामीलाई नैतिकताको पाठ सिकाउने?,’ उनले भने। 

सापकोटाले दुई दल मिल्दैमा स्थिर सरकार बन्छ भन्ने ज्ञारेन्टी नभएको पनि बताए। ‘ठूलो दलका नेता प्रधानमन्त्री हुनुपर्ने हो।  फेरि उहाँ नै प्रधानमन्त्री बन्ने भनिएको छ। फेरि बाँकी कार्यकाल एउटैले चलाउने पनि भनिएको छैन। आधा आधा चलाउने भनिएको छ। यही हो स्थिरता?,’ उनले प्रश्न गरे। 

यसरी दुई दलले सिधासिधा लोकलाई ढाँट्ने काम गरिराखेको सापकोटाले दाबी गरे।  त्यसलाई छोप्न र विषयान्तर गर्न संविधान संसोधनको हल्ला चलाइएको पनि उनले बताए।  संविधान संसोधनका लागि  प्रतिनिधि सभामा टुक्राटाक्री जोडेर दुई तिहाई पुगे पनि राष्ट्रिय सभामा त्यो सम्भव नरहेको उनले बताए।

‘यति लामो संसदीय अभ्यास गरेर आएका कांग्रेस र एमालेलाई यी कुराहरू थाहा नहुने भन्ने हँदैन,’ उनले भने, ‘तर गिरिबन्धु टी-इस्टेट र बेचन झाका बेचैनी रिपोर्टहरू आएपछि अत्तालिएर भागदौड सुरू गर्नुभएको छ। यी घटनाहरूलाई विषयान्तर गर्नका लागि संविधान संसोधनका कुरा गरिएको हो,’ उनले भने। 

सापकोटाले समानुपातिक निर्वाचन प्रणालीप्रति दुई दललाई यति धेरै वितृष्णा र अरूची देखिनुपछाडि कारणबारे पनि प्रश्न गरे।  ‘हामीले वर्षौंदेखि अन्याय, विभेद र पछाडि पारिएका वर्ग जाति समुदाय लिंग सबैलाई समावेश गर्ने भनेर यो संविधानमा व्यवस्था गरिएको हो। त्यसमा जे हमला गर्न खोजिराख्नुभएको छ,’ उनले भने, ‘गएको निर्वाचनमा संविधान संसोधन गर्ने भनेर भोट मागेको हो?’

सापकोटाले संविधानमा राजीनामा  दिनुपर्छ भनेर काहीँ नलेखिएको  पनि बताए।  ‘प्रधानमन्त्रीले तीन दिनभित्र विश्वासको मत लिनुपर्नेछ। विश्वास पाए सरकारमा रहनुहुन्छ।  विश्वास गुमाउनुभयो भने ७६ (३)बमोजिम नयाँ सरकार बन्छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद