"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फ्रान्सलाई पराजित गर्दै स्पेन युरोकपको फाइनलमा

प्रकाशित मिति :  10 July, 2024 10:56 am


काठमाडौं । लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको खेलमा फ्रान्सविरुद्ध पुनरागमन जित निकाल्दै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ ले हराएर फाइनल पुगेको हो ।

खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । नवौं मिनेटमै रान्डल कोलो माउनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, यो अग्रता लामो समय टिकेन । २१औं मिनेटमा लामिन यामलले पेनाल्टी बक्स बाहिरबाट टप कर्नरमा उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

त्यसपछि डानी ओल्मोले २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन । स्पेनन युवा स्टार यामलले १६ वर्ष ३६२ दिन हुँदा गोल गर्दै युरोमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाए ।

यसअघि स्विट्जरल्याण्डका जोहान भोलनान्थेनले सन् २००४ को युरोमा फ्रान्स विरुद्धनै १८ वर्ष १४१ दिनको हुँदा गोल गरेका थिए । चौथोपटक युरो जित्ने लक्ष्यमा रहेको स्पेनले अब नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच हुने सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई