"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली

प्रकाशित मिति :  २७ असार २०८१, बुधबार १३:५३


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा कांग्रेससँगको सहमति र पछिल्लो राजनीतिक परिवेशबारे ब्रिफिङ गरेका छन्। च्यासलमा जारी बैठकको सुरूमा उनले संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको प्रष्ट पारे।

अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको ओलीको भनाइ थियो। निश्चित बुँदा तोकेर निष्कर्षमा नपुगेको भन्दै ओलीले आयोग कसैको नेतृत्वमा पनि नबनेको साथै बन्ने भन्ने कुरा नभएको पदाधिकारीहरूलाई जानकारी गराए।

राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उनको भनाइ छ। एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको ओलीले बताए।

प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र कांग्रेस मिलेको उनले प्रष्ट्याएका छन् । संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने उनले चेतावनीसमेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको आक्रोशलाई नजरअन्दाज गर्न नमिल्ने उल्लेख गर्दै असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने बताएका छन्।

काठमाडौँ- नेकपा माओवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र व्यवस्थाविरोधीसँग एकसाथ जुध्नुपर्ने अवस्था आएको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा

काठमाडौँ – संघीय संसद्, प्रतिनिधिसभाको बैठक मंगलबार मध्याह्न एक बजे बस्दैछ । संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा