"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

युरोकप उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्ने

प्रकाशित मिति :  11 July, 2024 12:19 pm


काठमाडौँ । इंग्ल्यान्ड युरो २०२४ को फाइनल प्रवेश गरेको छ। नेदरल्यान्ड्सविरुद्ध २–१ को जित निकाल्दै इंग्ल्यान्ड फाइनल प्रवेश गरेको हो। योसँगै इंग्ल्यान्ड लगातार दुईपटक सेमिफाइनल पुग्ने टोली बनेको छ। अब उपाधिका लागि इंग्ल्यान्डको भेट स्पेनसँग हुँदैछ। यसअघि नै फ्रान्सलाई हराउँदै स्पेन फाइनल पुगेको छ। बुधबार राति जर्मनीको डर्टमन्डमा भएको खेलमा इंग्ल्यान्डले डच टोलीविरुद्ध पुनरागमन जित निकालेको थियो।

खेलको सातौँ मिनेटमा नै जाभी सिमोन्सको गोलमा डच टोलीले अग्रता बनाएको थियो। १८औँ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीलाई सदुपयोग गर्दै इंग्लिस टिमलाई खेलमा फर्काएका थिए।

नेदरल्यान्ड्सका डेन्जेल डम्फ्रिजले बक्सभित्र ह्यारी केनमाथि फाउल गरेपछि इंग्ल्यान्डले पेनाल्टी जितेको थियो। जसमा केनले गोल गर्दै टिमलाई बराबरीमा फर्काए। निर्धारित समयको अन्तिम मिनेटमा ओले वाट्किन्सले निर्णायक गोल गरेपछि नेदरल्यान्ड्सविरुद्ध २–१ को जित निकाल्दै इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति जर्मनीको डर्टमन्डमा भएको खेलमा डच टिमले अग्रता बनाए पनि त्यसलाई कायम राख्न सकेन । खेलको सातौँ मिनेटमा नै जाभी सिमोन्सको गोलमा नेदरल्यान्ड्सले अग्रता बनाएको थियो । सिमोन्सले १८ यार्ड बक्स बाहिरबाट सेकेन्ड बारमा उत्कृष्ट गोल गरेका थिए ।

निर्धारित समयको अन्तिम मिनेटमा वाट्किन्सले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रतामा राखे। कोल पाल्मेरको पासलाई नियन्त्रणमा राख्दै वाट्किन्सले पेनाल्टी बक्सबाट आकर्षक गोल गरे। इंग्ल्यान्डले दोस्रो हाफमा डच टिमविरुद्ध यो नै एकमात्र ‘अन टार्गेट’ प्रहार थियो। वाट्किन्सले ८१औँ मिनेटमा कप्तान ह्यारी केनको स्थानमा मैदान प्रवेश गर्ने अवसर पाएका थिए।

वाट्किन्सको यही गोल निर्णायक बन्दा ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्लिस टिम लगातार दोस्रो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो। इंग्लिस टिमले युरो–२०२० मा पनि फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, उपाधि भिड्न्तमा इटालीसँग पेनाल्टी सुटआउटमा निराश बन्दा इंग्ल्यान्डले उपविजेतामा चित्त बुझाएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार