"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नारायणगढ-मुग्लिन खण्डमा २ वटा बस पुरिएको स्थानमा उद्धार कार्य तिव्रता

प्रकाशित मिति :  12 July, 2024 12:05 pm


चितवन । चितवनको नारायणगढ(मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई बगाएर त्रिशूली नदीमा खसालेको छ । बससहित यात्रुहरु बेपत्ता छन् ।

वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे तीन बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।

रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बसका तीन जना यात्रुहरुले पनि हामफालेर ज्यान जोगाएका छन् । सो घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत दुःख व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल क्षेत्रमा सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले खोज तथा उद्धार कार्य जारी राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद