"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्डले भने : कांग्रेस–एमालेलाई डरले जोड्यो, यो लोकतन्त्रमाथि खतरा हो

प्रकाशित मिति :  12 July, 2024 12:39 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई डर र भयले जोडेको टिप्पणी गरेका छन् । विश्वासको मत लिने प्रस्ताव संसदमा टेबल गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वास र आदर्शले जोडेको भए आफूलाई चिन्ता नहुने बताए ।

सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले कांग्रेस र एमालेलाई जोडेको उनले बताए । उनले अगाडि भने, ‘तपाईँहरुलाई डरले जोड्यो, भयले जोड्यो । त्यो डर हो, सुशासनको डर ।’

प्रचण्डले संसदीय लोकतन्त्र भएका देशमा प्रमुख प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाएका उदाहरण कमै देखिने बताएका छन्। प्रतिनिधिसभामा सरकारलाई विश्वासको मत लिन प्रस्ताव पेस गर्दै प्रधानमन्त्रीले एउटा विशेष परिस्थितिमा भूकम्पको वेला, संविधान बनाउने वेला मात्र विगतमा त्यसरी मिलेको जिकिर गरे। 

‘संसारको अभ्यासले देखाएको छ, पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदा त्यसले लोकतन्त्रमाथि खतरा निम्त्याएको छ,’ उनले भने, ‘वर्तमान संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ। लामो संघर्ष र बलिदानबाट नेपाली जनताले प्राप्त गरेका अधिकार खोस्ने प्रयास गर्दै हुनुहुन्छ। जनताले त्यसको हिसाबकिताब राखेका छन्।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता