"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्डले भने : कांग्रेस–एमालेलाई डरले जोड्यो, यो लोकतन्त्रमाथि खतरा हो

प्रकाशित मिति :  12 July, 2024 12:39 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई डर र भयले जोडेको टिप्पणी गरेका छन् । विश्वासको मत लिने प्रस्ताव संसदमा टेबल गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वास र आदर्शले जोडेको भए आफूलाई चिन्ता नहुने बताए ।

सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले कांग्रेस र एमालेलाई जोडेको उनले बताए । उनले अगाडि भने, ‘तपाईँहरुलाई डरले जोड्यो, भयले जोड्यो । त्यो डर हो, सुशासनको डर ।’

प्रचण्डले संसदीय लोकतन्त्र भएका देशमा प्रमुख प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाएका उदाहरण कमै देखिने बताएका छन्। प्रतिनिधिसभामा सरकारलाई विश्वासको मत लिन प्रस्ताव पेस गर्दै प्रधानमन्त्रीले एउटा विशेष परिस्थितिमा भूकम्पको वेला, संविधान बनाउने वेला मात्र विगतमा त्यसरी मिलेको जिकिर गरे। 

‘संसारको अभ्यासले देखाएको छ, पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदा त्यसले लोकतन्त्रमाथि खतरा निम्त्याएको छ,’ उनले भने, ‘वर्तमान संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ। लामो संघर्ष र बलिदानबाट नेपाली जनताले प्राप्त गरेका अधिकार खोस्ने प्रयास गर्दै हुनुहुन्छ। जनताले त्यसको हिसाबकिताब राखेका छन्।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा

काठमाडौँ– सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विरूद्ध दायर रिट निवेदनमा कारण देखाऊ

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट