"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘समावेशिता र प्रादेशिक सन्तुलन’ अनुसार मन्त्रीहरु छनोट गर्ने कांग्रेस कार्यसम्पादन बैठकको निर्णय

प्रकाशित मिति :  13 July, 2024 7:05 pm


काठमाडौँ । नेपाली कांग्रेसले ‘समावेशिता र प्रादेशिक सन्तुलन’लाई आधार मानेर मन्त्री पठाउने निर्णय गरेको छ । शनिवार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले संविधानको धारा ७६ (२) बमोजिम गठन हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

‘अब संविधानको धारा ७६ (२) बमोजिम गठन हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसको विधान २०१७ को संशोधनसहित धारा २२ (११)बमोजिम सहभागी हुने निर्णय गरिएको छ,’ उनले भने ।

बैठकले सरकारमा सहभागी मन्त्रीहरु छनोट गर्ने मापदण्डबारे समेत निर्णय लिएको छ । ‘कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा मुख्य दुई आधारमा मन्त्री छनोट गर्ने भन्ने निर्णय भयो,’ उनले भने, ‘त्यो भनेको समावेशिता र प्रादेशिक सन्तुलन हो । हामीले सकेसम्म एकैपटक नाम दिने गरी छलफल गरिरहेका छौँ ।’

कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने