"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिशुली बस दुर्घटना : दुइटा बसमा ६५ यात्रु रहेको पुष्टि, पाँचजनाको शव भेटियो

प्रकाशित मिति :  14 July, 2024 12:26 pm


चितवन । नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार खसेको दुई बसमा कुल ६५ यात्रु रहेको पुष्टि भएको छ। दुई दिनसम्म प्रहरीले बसको टिकट काउन्टर र आफन्तहरूसँग सोधपुछका आधारमा ६५ यात्रु सवार रहेको निष्कर्ष निकालेको हो।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गौर जाँदै गरेको गणपति यातायातको प्रदेश ०३- ००१ ख २४९५ नम्बरको बसमा टिकट काटेका र चलानमा उल्लेख भएका २७ जना र आफन्त सम्पर्कमा आएर जानकारी गराएको ११ जना गरी ३८ जना थिए। त्यस्तै वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरको एन्जल डिलक्सको बसमा चलानबमोजिम २३ यात्रु र आफन्तले जानकारी गराएबमोजिम थप चार जना गरी २७ यात्रु रहेको पुष्टि भएको प्रजिअ यादवले जानकारी दिए।

दुई बसमा गरी ६५ जनामध्ये तीन जना हामफालेर बाँचेका थिए। शुक्रबार दिउँसोदेखि शनिबार बेलुकासम्म तीन जनाको शव भेटिएको र तीनै जनाको शव सनाखत भइसकेको छ। शनिबार  गोलाघाटमा भारतीय नागरिक ऋषि पाल साहको शव भेटिएको थियो। उनी गणपति यातायातको बसमा चढेको खुलेको थियो। शनिबार गैँडाकोटमा दुई जनाको शव भेटिएको थियो।

ती शवहरू माडी–१ का २२ वर्षीय विकास परियार र अर्को शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमित कुशर माझीको रहेको खुलेको छ। विकास एन्जल डिलक्स र रमित गणपति ट्राभल्सको बसमा सवार रहेको खुलेको छ। आइतबार गोलाघाटमै अर्को शव भेटिएको छ। उक्त शवको सनाखत भइसकेको छैन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने