"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेबाट यी हुन ८ मन्त्री

प्रकाशित मिति :  15 July, 2024 10:52 am


काठमाडौँ । एमालेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्नेहरूको नाम टुंगो लगाएको छ ।  एमालेका एक नेताका अनुसार ओलीले १४ जनाको ‘सर्टलिस्ट’बाट ८ जनाको नाम टुंगो लगाएका हुन् ।

प्रधानमन्त्रीपछि वरीयतामा रहने गरी एमालेले विष्णु पौडेललाई उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मा दिएका छन् । त्यस्तै पदाधिकारीबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि मन्त्री बन्ने भएका छन् । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मा दिइने बताइएको छ ।

त्यस्तै मधेशबाट राजकुमार गुप्ताको नाम पनि मन्त्री बन्नेको सूचीमा रहेको छ । गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ ।

त्यस्तै सोलुखुम्बुका सांसद मानवीर राईलाई रक्षामन्त्री बन्ने भएका छन् । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारीलाई दोहोर्‍याउने एमालेको तयारी छ । उनीहरू पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि सोही जिम्मेवारीमा थिए ।

त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिने ओलीको तयारी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद