"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अर्जेन्टिनालाई कोपा अमेरिका २०२४ उपाधि

प्रकाशित मिति :  ३२ असार २०८१, सोमबार ११:०४


काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ। दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको उपाधि जित्ने क्रममा अर्जेन्टिनाले आज अमेरिकाको मायमीस्थित हार्ड रक रंगशालामा कोलम्बियालाई १-० गोलले पराजित गर्‍यो। 

निर्धारित समयको खेलमा कुनै गोल हुन नसकेपछि खेल एक्स्ट्रा समयमा धकेलिएको थियो। जसमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गर्न सफल भए। उनले खेलको ११२औं मिनेटमा गोल गरेका थिए। 

यससँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ। सन् २०२१ मा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेर उपाधि जितेको थियो। अर्जेन्टिनाले समग्रमा १६औं पटक कोपाको उपाधि जित्न सफल भयो। १६औं उपाधि जितेसँगै अर्जेन्टिनाले सर्वाधिक कोपा जित्ने रेकर्ड पनि बनाएको छ। अघिल्लो पटक उपाधि जित्दा अर्जेन्टिनाले उरूग्वेको नाममा रहेको १५ उपाधिको रेकर्ड बराबरी गरेको छ।

 खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेसी घाइते हुँदै बाहिरिन बाध्य भएका थिए।  दोस्रो हाफमा उनी मैदान बाहिरिएपछि निकोलास गोन्जालेज मैदान छिरेका थिए। ६८ मिनेटमा मेसीको खुट्टामा समस्या देखिएको थियो। 

चोटका कारण मैदान बाहिरिएसँगै मेसी निकै भावुक बनेका थिए। जसका कारण उनको आँखाबाट आँशु झरेको थियो। उनी मैदान बाहिरिदा मैदानमा उपस्थित दर्शकहरूले मेसीका लागि ठूलो हुटिङ गरेका थिए। 

तीन कोपा अमेरिका र एक विश्वकपको फाइनलमा पुगेर पनि पराजय भोगेका मेसीले पछिल्लो कोपा र विश्वकपको भने उपाधि जितेका थिए। मेसीले कोपा २०२४ को उपाधि जितेसँगै तीन वर्षमा तेस्रो उपाधि जित्न सफल भए। 

यसअघि कोपा २०२४ मा मेसी चिलीविरुद्धको खेलमा घाइते भएका थिए। जसका कारण उनले समूह चरणमा पेरुविरुद्धको खेल गुमाएका थिए। सेमिफाइनलमा क्याडनाविरुद्ध गरेको गोल उनको कोपा २०२४ को एक मात्र गोल हो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख राशिको

काठमाडौँ- घरेलु टोली नेपाललाई ४-१ ले पराजित गर्दै बंगलादेशले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपको उपाधि जितेको छ। सातदोबाटोस्थित एन्फा

काठमाडौं – साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको दोस्रो

काठमाडौँ- भुटानलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै घरेलु टोली नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपको फाइनल प्रवेश गरेको