"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अख्तियारद्धारा एक वर्षमा २०१ भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  17 July, 2024 8:08 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा २०१ वटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०८० साउन १ देखि २०८१ असार मशान्तसम्म २०१ वटा मुद्दा विशेष अदालतमा दायर गरेको हो ।

अख्तियारका अनुसार २०१ वटा मुद्दामा एक हजार ५२० जनालाई भ्रष्टाचारको आरोप लागेको छ । जसमध्ये ५२४ जना सरकारी कर्मचारी, १०१ जना जनप्रितिनिधि, १८१ जना मनोनित पदाधिकारी, २ जना लेखापढी व्यवसायी, २ जना बिचौलिया, ९१ जना व्यवसायी र ६१९ जना अन्य व्यक्ति रहेका छन् ।

अन्य व्यक्तिमा उपभोक्ता समितिका पदाधिकारीलगायत पर्छन् । उनीहरुबाट ८ अर्ब ३५ करोड १२ लाख ९८ हजार १४२ रुपैयाँ ४६ पैसा बिगो माग गरिएको अख्तियारले एक सूचना मार्फत जानकारी दिएको छ ।

दायर भएका २०१ मुद्दामा गैरकानुनी लाभहानीका ५८, घुस लेनदेनको ४८, नक्कली शैक्षिक प्रमाणपत्र र सार्वजनिक सम्पत्ति हानी नोक्सानीको ३४/३४ वटा, राजस्व चुहावटको १३, गैरकानुनी सम्पत्ति आर्जनको ११ र विविध ३ वटा रहेका छन् । अख्तियारले दायर गरेको मुद्दामध्ये कतिपय फैसला भइसकेको छ । कतिपय दोषी ठहर भएका छन् भने कतिपयले सफाइ पाइसकेका छन् ।

एक वर्ष अवधिमा अख्तियारले घुससहित ३१ वटा घटनामा ४४ जनालाई रंगेहात पक्राउ गरेको छ । त्यस क्रममा ५१ लाख ४२ हजार ५०० रुपैयाँ बरामद भएको जनाएको छ । रंगेहात पक्राउ गर्दा ३२ जना सरकारी कर्मचारी, ९ जना लेखापढी व्यवसायी र ३ जना वडाध्यक्ष रहेको अख्तियारको भनाइ छ।

एक वर्ष अवधिमा अख्तियारमा २६ हजार ५२२ वटा उजुरी परेका थिए । अघिल्लो आर्थिक वर्षको ९ हजार २६८ उजुरी बाँकी थिए । तीमध्ये कुल २७ हजार ३७५ उजुरी फर्स्योट भएको अख्तियारको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद