"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने तयारी

प्रकाशित मिति :  17 July, 2024 8:11 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । कांग्रेसको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष ओलीले जसपा र लोसपालाई पनि सरकारमा सामेल गराइसकेका छन् ।

अन्य साना दलहरुलाई समेत समेटेर ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेको जानकारी दिए ।

कांग्रेस र एमालेले असार १७ गते सहमति गर्दै मुलुकलाई स्थायित्व दिने भन्दै गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेका थिए । त्यही सहमति बमोजिम ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यहीअनुसार ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता