"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

तथ्याङ्क समीक्षा : आयात–निर्यात दुवै ऐतिहासिक रेकर्ड

प्रकाशित मिति :  22 March, 2022 12:27 pm


काठमाडौँ । चालू आर्थिक वर्ष (२०७८/७९) को फागुन मसान्तसम्म आयात–निर्यात दुवैले ऐतिहासिक रेकर्ड बनाएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार चालू आवको आठ महिना (साउनदेखि फागुनसम्म)मा कुल वैदेशिक व्यापारमा ४२.१३ प्रतिशतले वृद्धि भएको छ ।

यस अवधिमा १४ खर्ब ५६ अर्ब ४८ करोड नौ लाख २२ हजार रुपियाँको व्यापार भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख १२ हजार रुपियाँको वैदेशिक कारोबार भएको थियो । समीक्षा अवधिमा मुलुककोे व्यापार घाटा साढे ३४ प्रतिशत पुगेको छ । कुल कारोबारमा निर्यातको हिस्सा जम्मा २८.६९ प्रतिशत छ ।

समीक्षा अवधिमा नेपालबाट भएको निर्यातमा ८२.९० प्रतिशतले बढोत्तरी भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपियाँ बराबरको निर्यात भएको थियो भने चालू आवको आठ महिनामा एक खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपियाँको निर्यात भएको देखिएको छ । त्यस्तै समीक्षा अवधिमा आयातमा भने ३८.६४ प्रतिशतले बढेको छ ।

गत आवमा नौ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपियाँ बराबरको वस्तु तथा सामग्री आयात भएको थियो भने चालू आवको आठ महिनामा १३ खर्ब आठ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपियाँको आयात भएको छ ।
यसरी हेर्दा आठ महिनामा भएको कुल व्यापारको आयात–निर्यातको अनुपात २४.२० प्रतिशतले कमी भएको छ । पछिल्लो समयमा विदेशी मुद्राको सञ्चितिमा चाप परेका कारण कतिपय विलासिताका वस्तु आयातमा सरकारले कडाइ गरेसँगै यो अनुपातमा कमी आएको हो ।

नेपालबाट सबैभन्दा बढी निर्यात भएका वस्तुमा भटमासको तेल, पाम आयल, सनफ्लावर तेल देखिएको छ । चालू आवको आठ महिनामा ४१ अर्ब ४० करोड १७ लाख ८१ हजार रुपियाँको भटमासको कच्चा तथा प्रशोधित तेल निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखिन्छ । करिब १३ अर्बभन्दा बढीको पाम आयल निर्यात भएको छ ।त्यस्तै ३६ अर्बभन्दा बढीको सनफ्लावर तेल निर्यात भएको छ । नेपालबाट ५३ करोड रुपियाँभन्दा बढीको अम्रिसोको कुचो पनि निर्यात भएको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक