"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपसभामुख प्रकरण : सार्वजनिक समाचारप्रति रास्वपाको ध्यानाकर्षण

प्रकाशित मिति :  21 July, 2024 12:16 pm


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरसँग जोडेर पार्टीको छविलाई धूमिल पार्ने प्रयास भएको जनाएको छ । कार्यवाहक प्रवक्ता मनिष झाले आइतबार विज्ञप्ति जारी गर्दै उपसभामुखलाई उल्लेख गरी सार्वजनिक समाचारप्रति रास्वपाको ध्यानाकर्षण भएको जनाएका छन् ।

संघीय संसद् सचिवालयलगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको विषयलाई अनर्गल प्रचार गरिएको विज्ञप्तिमा उल्लेख छ । कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयासस्वरूप यस्ता कार्य भइरहेको समेत रास्वपाले आराेप लगाएकाे छ । ‘रास्वपाको छवि धूमिल पार्ने दुषित मनसायबाट छद्म रूपमा भइरहेका यस्ता गलत प्रहारहरूबाट विचलित नभई रास्वपा सुशासन, सामाजिक न्याय र द्रुत आर्थिक विकासको मार्गमा नेपाललाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतामा अडिग रहनेछ भन्ने आश्वस्त पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई ५ जना लाई भिसा उपलब्ध गराइदिन पत्र लेखेकी थिइन् । केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज समेत गरेकाे झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन,’ विज्ञप्तिमा भनिएको छ ।

उपसभामु लगायत अन्य नेताहरूबाट कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरू भए, नभएकोबारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका पक्षमा रास्वपा रहेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना सारा आम्दानी र सम्पत्ति निस्वार्थ समाजसेवामा लगाउनुभएकी उपसभामुखज्यू विभिन्न प्रतिष्ठित राष्ट्रिय– अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत विभूषित हुनुहुन्छ । उहाँको निष्कलंक र उज्यालो छविकै कारण रास्वपाले पहिले सांसद र पछि उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको हो । यद्यपि पदमा निर्वाचित भइसकेपछि इन्दिरा राना मगर पार्टीको सदस्य नरहनुभएको सर्वविदितै छ । पार्टीले गरेको अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले सञ्चार माध्यमहरुमा अतिरञ्जित रूपमा प्रस्तुत गरिएका सूचना सामग्रीहरू जस्तो कतै पनि भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन ।

रास्वपाले उपसभामुख प्रकरण नयाँ सत्ता गठबन्धनको चालीबाजी रहेको आरोप समेत लगाएको छ । ‘पार्टी परिवार तथा शुभेच्छुकहरुलाई काण्डै काण्डका चाङमाथि लडाउने मध्यरातमा ठडिएको गठबन्धनका आगामी चालहरूप्रति सचेत रहन सम्पूर्ण पार्टी परिवार तथा शुभचिन्तकहरूमा हार्दिक आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १,०४,७७,९४३ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन