"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

प्रकाशित मिति :  22 July, 2024 12:22 pm


लुम्बिनी- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्। आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि आचार्यले नेपाली कांग्रेसको समर्थनमा ५६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए।

आचार्य संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

यसअघि मुख्यमन्त्रीको तयारीमा जुटेका संसदीय दलका नेता लीला गिरी भने पछि हटेका छन्। दाबी पेस गर्न पनि गिरी उपस्थित भएका थिएनन्। पार्टी केन्द्रको निर्देशनअनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

अर्घाखाँची निर्वाचत क्षेत्र १ (१) बाट निर्वाचित सांसद आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए। गिरी नेतृत्वको सरकारमा उनी ग्रामीण खानेपानी तथा सहरी विकासमन्त्री थिए।

माओवादी नेता जोखबहादुर महराको नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री रहेका आचार्य प्रदेशका छैटौँ मुख्यमन्त्री बन्न लागेका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद