"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहकारी प्रकरण : संसदीय विशेष समितिद्वारा स्थानीय तहसँग छलफल

प्रकाशित मिति :  22 July, 2024 10:03 pm


काठमाडौँ – प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नगरपालिका र गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँग छलफल गरेको छ ।

समितिले आज मन्त्रालयका सचिव मुकुन्द निरौलालगायत नगरपालिका राष्ट्रिय महासंघका अध्यक्ष भीम ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी पाण्डेलगायतका प्रतिनिधिसँग छलफल गरेको छ । बैठकमा देशभरका सबै पालिकासँग सहकारीसम्बन्धी विवरण भराउने विषयमा छलफल भएको सभापति सूर्यबहादुर थापा क्षत्रीले सञ्चारकर्मीलाई जानकारी दिए ।

देशभरका सात सय ५३ स्थानीय तहले हेर्ने सहकारी २४ हजार रहेको र ती सहकारीमा समस्या नरहेको कुरा आजको छलफलबाट जानकारीमा आएको सभापति थापाले बताए । सहकारी ऐनअनुसार बन्नुपर्ने कर्जा सूचना केन्द्र, कर असुली न्यायधीकरणलगायत संरचना नबनाउँदा सहकारीमा समस्या आएको छलफलमा सहभागीले विचार व्यक्त गरेको उनले जानकारी दिए ।

सहकारीसम्बन्धी राम्रो ज्ञान नभएका मानिसहरू मिले बनाइएका सहकारीमा समस्या देखिएका र सहकारी शिक्षा तथा चेतना भएका ठाउँमा सहकारीका नाममा ठगी नभएको तथ्य पनि बैठकमा प्रस्तुत भएको थियो ।

बचत तथा ऋण सहकारी संस्था बढी भएर समस्या आउन थालेकाले उत्पादनमूलक सहकारी बढाउनुपर्नेमा पनि बैठकका सहभागीले जोड दिएका समे सभापति थापाले सञ्चारकर्मीलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी