"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले लिए शपथ

प्रकाशित मिति :  24 July, 2024 10:32 am


बुटवल – लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

एमाले र कांग्रेसको समर्थनमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

त्यस्तै एमालेका ४ र कांग्रेसका ४ सांसदले पनि बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् । मन्त्रालय बाँडफाँड र मन्त्रीको टुंगो नलागेको भन्दै सबै मन्त्रीको एकैसाथ शपथ गराउने गरी मुख्मन्त्री आचार्यकै अनुरोधमा बुधबारका लागि शपथ ग्रहण तय गरिएको हो । मन्त्रालयको संख्या र मन्त्रीको टुंगो लगाए पनि दुई दलबीच कुन मन्त्रालय कसले लिने भन्ने टुंगो लाग्न बाँकी रहेकाले बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराइएको हो ।

एमाले र कांग्रेसबीच ५/५ मन्त्रालय लिने सहमति छ । लुम्बिनीमा १२ मन्त्रालय छन् । २ मन्त्रालय साना दलका लागि राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद