"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्‌मा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने माओवादी केन्द्रको निर्णय

प्रकाशित मिति :  26 July, 2024 8:41 pm


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सदन र सडकलाई जोड्दै संसद्‌मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सत्ताविमुख भएपछि पार्टीलाई जनतामा जान र नयाँ ढंगबाट सम्बन्ध स्थापित गर्ने बाटो खुलेको बताएका छन् । 

बैठकले सदन र सडकलाई प्रभावकारी ढंगले जोड्दै नयाँ तरिकाबाट जनतामा जाने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार अध्यक्ष दाहालले अब संसद्‌मा प्रमुख प्रतिपक्षको भूमिकामा सशक्त भएर प्रस्तुत हुनुपर्ने र नयाँ तरिकाबाट जनतामा गएर सम्बन्ध सुमधुर बनाउनुपर्ने बताए ।

प्रवक्ता सापकोटाले पार्टी अध्यक्ष दाहालले बैठकमा बोलेको उदृत गर्दै भने, ‘भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा माओवादी केन्द्र नेतृत्वको सरकार सफल भएको छ । अब यही कुराहरुलाई लिएर जनतामा जाने र नयाँ तरिकाबाट सम्बन्ध विस्तार गर्ने भन्नेबारे छलफल भएको छ ।’

अध्यक्ष दाहालले राम्रो काम गर्दागर्दै पनि सत्ता समीकरण फेरिएको र यसले पार्टीलाई जनतामा जान ठूलो अवसर मिलेको बताएका थिए ।बैठकमा वरिष्ठ उपाध्यक्ष नारयाण्काजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेताहरु राम कार्की, चक्रपाणि खनाल, हितराज पाण्डे र वर्षमान पुनले आ-आफ्नो धारणा राखेका थिए ।

उनले भने, ‘अध्यक्षज्युले दिशा निर्देश गर्नुभयो । हामीले सरकारमा रहेर जे जति कुरा भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा समग्रमा निकै राम्रो पहल कदमी लिएका थियौँ । त्यो लिँदालिँदै समीकरण परिवर्तन भयो । यसले हामीलाई ठूलो ऐतिहासिक अवसर जुटेको छ । जनतमा जाने र कतै न कतै जनतासँगको कडी टुटेको थिया, वर्गसँगको सम्बन्ध कमजोर भएको थियो । त्यसलाई सदृढ गर्ने अवसर आएको कुरा राख्नुभयो । अन्य कमरेडहरुले आफ्ना भनाइ राख्नुभयो । अब हामी सदन र सडकलाई निकै प्रभावकारी ढंगले जोड्दैछौँ ।’

उनले पार्टीले संगठनको रुप, जनपरिचालन, संघर्षका रुपहरुमा नयाँ तरिका अपनाउने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने