"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्‌मा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने माओवादी केन्द्रको निर्णय

प्रकाशित मिति :  ११ श्रावण २०८१, शुक्रबार २०:४१


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सदन र सडकलाई जोड्दै संसद्‌मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सत्ताविमुख भएपछि पार्टीलाई जनतामा जान र नयाँ ढंगबाट सम्बन्ध स्थापित गर्ने बाटो खुलेको बताएका छन् । 

बैठकले सदन र सडकलाई प्रभावकारी ढंगले जोड्दै नयाँ तरिकाबाट जनतामा जाने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार अध्यक्ष दाहालले अब संसद्‌मा प्रमुख प्रतिपक्षको भूमिकामा सशक्त भएर प्रस्तुत हुनुपर्ने र नयाँ तरिकाबाट जनतामा गएर सम्बन्ध सुमधुर बनाउनुपर्ने बताए ।

प्रवक्ता सापकोटाले पार्टी अध्यक्ष दाहालले बैठकमा बोलेको उदृत गर्दै भने, ‘भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा माओवादी केन्द्र नेतृत्वको सरकार सफल भएको छ । अब यही कुराहरुलाई लिएर जनतामा जाने र नयाँ तरिकाबाट सम्बन्ध विस्तार गर्ने भन्नेबारे छलफल भएको छ ।’

अध्यक्ष दाहालले राम्रो काम गर्दागर्दै पनि सत्ता समीकरण फेरिएको र यसले पार्टीलाई जनतामा जान ठूलो अवसर मिलेको बताएका थिए ।बैठकमा वरिष्ठ उपाध्यक्ष नारयाण्काजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेताहरु राम कार्की, चक्रपाणि खनाल, हितराज पाण्डे र वर्षमान पुनले आ-आफ्नो धारणा राखेका थिए ।

उनले भने, ‘अध्यक्षज्युले दिशा निर्देश गर्नुभयो । हामीले सरकारमा रहेर जे जति कुरा भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा समग्रमा निकै राम्रो पहल कदमी लिएका थियौँ । त्यो लिँदालिँदै समीकरण परिवर्तन भयो । यसले हामीलाई ठूलो ऐतिहासिक अवसर जुटेको छ । जनतमा जाने र कतै न कतै जनतासँगको कडी टुटेको थिया, वर्गसँगको सम्बन्ध कमजोर भएको थियो । त्यसलाई सदृढ गर्ने अवसर आएको कुरा राख्नुभयो । अन्य कमरेडहरुले आफ्ना भनाइ राख्नुभयो । अब हामी सदन र सडकलाई निकै प्रभावकारी ढंगले जोड्दैछौँ ।’

उनले पार्टीले संगठनको रुप, जनपरिचालन, संघर्षका रुपहरुमा नयाँ तरिका अपनाउने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारी अधिकारीहरूले आतंकवाद र अन्तर्देशीय संगठित अपराध रोकथाम तथा नियन्त्रण अहिलेको मुख्य चुनौती रहेको बताएका छन् ।आतंकवाद, साइबर अपराध,

काठमाडौँ – प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन

कञ्चनपुर – गृहमन्त्री रमेश लेखकले बलात्कारपछि हत्या गरिएका बालिका निर्मला पन्त घटनाको अनुसन्धान थप सूक्ष्म ढंगले गरिने बताएका छन् । उनले

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले जिल्ला शिक्षा कार्यालय पूर्ण रुपमा हटाउनुपर्ने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको