"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

हवाई र सवारी दुर्घटना बढेकोप्रति सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  १३ श्रावण २०८१, आईतवार १६:५०


काठमाडौं । प्रतिनिधि सभाका सासदहरूले हवाई र सडक दुर्घटना हुन नदिन विशेष सतर्कता अपनाउनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सत्तारूढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं, नेकपा (एमाले) की सचेतक सुनिता बराल लगायतका सांसदहरूले हवाई र सडक दुर्घटना हुन नदिनका लागि विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।

सांसद बजगाईंले सौर्य एयरलाईन्सको विमान दुर्घटना र सिमलताल घटनामा धेरै नागरिकले ज्यान गुमाउनुपरेको अवस्था दर्शाउँदै यस्तो अवस्था आउन नदिनका लागि सभामुख  देवराज घिमिरेलाई सरकारलाई रुलिङ गर्न ध्यानाकर्षण गराए। सरकारले हवाई दुर्घटना हुँदा शोक व्यक्त गर्दै आधा राष्ट्रिय झण्डा झुकाएको तर त्रिशूलीमा बस दुर्घटना हुँदा त्यस्तो नगरेर विभेद गरेको समेत बताए।

‘नेपालको हवाई सेवाको लागि सरकारसँग परामर्श गरेर सम्माननीय सभामुखज्यूले यस विषयमा रुलिङ नै गर्नुपर्छ । हुन त बस दुर्घटनाको विषयमा सरकार अनुत्तरित छ । हामीले आधा झण्डा झुकायौं सवाई सेवा दुर्घटनाको सन्दर्भमा । तर ६५ जनाको ज्यान गएको बस दुर्घटनाको बारेमा विभेद भयो भन्ने पनि प्रश्न उठेको छ । सम्माननीय सभामुखज्यूलाई म यो अनुरोध गर्न चाहन्छुकि यो विषयमा रुलिङ गरिदिनु पर्‍यो,’ उनले भने।

एमालेकी सचेतक बरालले सरकारले हवाई र सवारी दुर्घटना हुन नदिनका लागि विशेष ध्यान दिन जरुरी रहेको बताए। उनले हवाई दुर्घटना हुन नदिनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सचेत गराउन पनि सरकारलाई सुझाव दिए। 

‘हवाई दुर्घटना र सडक दुर्घटनाबारे विशेष ध्यानाकर्षण हुन जरुरी छ। सरकारले विशेष ध्यान दिन जरुरी छ। आज यात्रालाई मृत्युको गन्तव्य हो कि भन्ने परिकल्पना गरेर हिँड्नुपर्ने जुन अवस्था छ। यो असाध्यै दुःखद् पक्ष छ। हवाई मार्गबाट दुई मिनेट पनि उड्न नपाउँदै भएको दुर्घटनाले हामीलाई विक्षिप्त मात्रै बनाएको छैन, ठूलो क्षति व्यहोर्नुपरेको छ। त्यसकारण यो क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरूलाई यो विषयमा विशेष ध्यानाकर्षण गराउन, यो निकायसँग सम्बन्धित व्यक्तिहरुलाई खबरदारी गर्न, नियमन र अनुगमनलाई विशेष प्रभावकारी बनाउनका लागि नीतिगत रुपमा नै विशेष ध्यानाकर्षण गराउन जरुरी छ भन्ने कुराको अनुभूति भएको छ,’ उनले भनिन्।

उनले सभामुख घिमिरे र सरकारको ध्यानाकर्षण  पनि गराइन्। ‘उक्त दुर्घटनाका पाइलट आज भाग्यवस हामीलाई जीवित हुनुहुन्छ। विगतमा दुर्घटनामा ब्ल्याक बक्स पनि नभेटिने अवस्था हुन्थ्यो। त्यहा भएका प्राविधिकहरू दक्ष थिए कि थिएनन् भन्ने कुरामा पनि विशेष ध्यान दिन जरुरी छ। हामीले सुनिए अनुसार त्यसको मर्मत लकबुक अनुसार भएको थिएन भन्ने छ। यस विषयमा समिति बनेको छ। तर सरकारले पनि यस विषयमा ध्यान दिन जरुरी छ। यसको नियमन गर्ने प्राधिकरण छ  यसको पनि कमजोरी भयो कि भनेर हामी अनुमान गर्न सक्छौं,’ उनले भनिन्।

सचेतक बरालले हवाई दुर्घटना हुन नदिनका लागि सरकारले नीतिगत व्यवस्था नै गरेर अघि बढ्नुपर्ने पनि सुझाव दिइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सो प्रतिवेदन प्रतिनिधि सभाले आफ्नो

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम