"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

१२ वर्षपछि पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचारी ठहर

प्रकाशित मिति :  28 July, 2024 8:02 pm


काठमाडौँ-  सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको १२ वर्षपछि पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचारी ठहर भएका छन्। अदालतले उनीविरुद्ध ९ महिना कैद सजाय पनि सुनाएको हो। यसअघि उनलाई विशेष अदालतले दोषी ठहर गरेको थियो।

आज आइतबार सर्वोच्चका न्यायाधीशद्वय न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उच्चकै आदेशलाई सदर गरेको हो।  अदालतले उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैदको सजाय सुनाइएको छ। कांग्रेसका पूर्वसहमहामन्त्रीसमेत रहेका जोशीको मुद्दा यही ‍इजलासले ‘हेर्दाहेर्दै’मा राखेको थियो। यसअघि  जेठ १ गते, ८ गते र १३ गते पनि सर्वोच्चमा सुनुवाइ भएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  जोशी र उनका परिवारका सदस्यविरुद्ध भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा २०६० पुस १८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनले २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ भ्रष्टाचार गरी कमाएको ठहर गरी डेढ वर्ष कैद सजाय हुने फैसला विशेषबाट भएको थियो।  विशेषको फैसलाविरुद्धको मुद्दा २०६९ फागुन ६ मा सर्वोच्च पुगेको थियो। जोशी र अख्तियार दुवै पक्षले सर्वोच्चमा पुनरावेदन गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद