"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइबाट अस्वीकृत

प्रकाशित मिति :  29 July, 2024 7:00 pm


काठमाडौँ – निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ । संसदीय समितिको बैठकमा प्रधानमा निर्वाचन आयुक्त हुने उच्च नैतिक चरित्र नदेखिएको भन्दै उजुरी परेको थियो । 

समितिको सोमबारको बैठकले प्रधानलाई अस्वीकृत गर्ने निर्णय लिएको हो । समितिको कार्यविधिमा कुनै पनि व्यक्तिलाई स्वीकृत वा अस्वीकृत गर्ने मात्रै व्यवस्था गरेको भन्दै उक्त निर्णय लिएको हो ।

संसदीय सुनुवाइ समिति सदस्यसमेत रहेकी एमाले सचेतक सुनिता बरालले प्रधानलाई निर्वाचन आयुक्तमा अस्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिइन् । ‘समितिको कार्यविधिमा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने भन्ने व्यवस्था मात्रै रहेकाले उहाँको नाम सर्वसम्मतिले अस्वीकृत गरिएको छ,’ उनले भनिन् ।

प्रधानले आफ्नो नाम फिर्ता लिनका लागि भन्दै सोमबार मात्रै निवेदन दिएका थिए । निवेदन पनि समितिको निर्णयमा उल्लेख गरिएको बरालले जानकारी दिइन् ।

प्रधानमाथि एक महिलाले यौन शोषण गरेको र अदालतमा मुद्दा दायर गरेपछि पैसा दिएर मिलापत्र गराएको भन्दै उजुरी गरेकी थिइन् । पीडित महिला आफै संसदीय सुनुवाइ समितिमा उपस्थित भएर बयान दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद