"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

तत्कालीन गृहमन्त्री  रवि लामिछानेको अनुसन्धान रोकेको आरोपमा एआईजी श्याम ज्ञवालीमाथि छानबिन

प्रकाशित मिति :  31 July, 2024 12:53 pm


काठमाडौँ – नेपाल प्रहरीले सुन तस्करीको अनुसन्धान अघि नबढाएको र तत्कालीन गृहमन्त्री  रवि लामिछानेविरुद्ध सहकारी ठगीको अनुसन्धान फितलो बनाएको आरोपमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीमाथि छानबिन सुरु गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखसमेत रहेका ज्ञवालीले प्रहरी शक्ति र आफ्नो पदको दुरुपयोग गर्दै अनुसन्धान प्रभावित बनाउन खोजेको आरोपमा प्रहरी संगठनभित्रैबाट छानबिन सुरु भएको हो। ज्ञवालीमाथिको छानबिन अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा भइरहेको छ।

‘प्रहरी संगठनकै बद्‍नाम हुने गरी अनुसन्धान प्रभावित गरेको, पद र शक्तिको दुरुपयोग आरोप लागेपछि छानबिन सुरु भएको छ,’ प्रहरीका एक उच्च अधिकारीले भने, ‘योबाहेक पनि अनुसन्धान जारी रहेका विभिन्न फाइलसँग सम्बन्धितहरूसँग हिमचिम बढाएको पनि पाइएको छ।’

एआईजी ज्ञवालीमाथि निवर्तमान गृहमन्त्री रवि लामिछानेविरुद्धको सहकारी ठगीबारेको अनुसन्धान कमजोर पारेको आरोप लागेको छ। सुन तस्करीको अनुसन्धानमा पदीय मर्यादा दुरुपयोग गरेको आरोपमा गृहमन्त्री लामिछानेले सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई हटाएर (गत चैतमा) ज्ञवालीलाई ल्याएका थिए।

‘जुन आरोप लगाएर किरणलाई हटाइएर ज्ञवालीलाई गृहमन्त्रीले ल्याए। उनले त झन सुनको अनुसन्धान मात्रै होइन गृहमन्त्रीकै अनुसन्धान पनि लम्ब्याउने, फितलो बनाउने काम गरे,’ उनले भने।

ज्ञवालीमाथि अर्को गम्भीर प्रकरणको अनुसन्धानमा रहेका व्यापारिक घरानाका व्यक्तिसँग हिमचिम बढाएको आरोप लागेको छ। उनीमाथि बालमन्दिरको सरकारी जग्गा व्यक्तिको नाममा हत्याउनेहरूसँग, सेन्चुरी बैंकको कर्जा हिनामिना गर्नेहरूसँग, केही अन्य ठूला भनिएका मुद्दामा मुछिएर पक्राउ पुर्जी जारी भएकासँग उठबस गरेको आरोप पनि लागेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद