"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउन कार्यदलको बैठक जारी

प्रकाशित मिति :  1 August, 2024 10:51 am


काठमाडौँ – संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक बसिरहेको छ। सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा कार्यदलको बैठक बसेको हो।

बैठकमा कांग्रेसका तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री लेखक, एमालेका तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा माओवादी केन्द्रका तर्फबाट उपमहासचिव जनार्दन शर्मा, कानुनमन्त्री अजयकुमार चौरासिया लगायत सहभागी छन्।

बैठकमा टीआरसी विधेयकसम्बन्धी सहमति हुन बाँकी बुँदामा छलफल भइरहेको छ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधीन छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको