"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समिति सभापतिहरुलाई सभामुखको निर्देशन : विधेयकहरु कार्ययोजना बनाएर समयमै टुङ्ग्याउनु

प्रकाशित मिति :  1 August, 2024 10:59 am


काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूलाई समितिमा रहेका विभिन्न विधेयकलाई कार्ययोजना बनाएर समयमा नै टुङ्ग्याउन निर्देशन दिएका छन् । 

प्रतिनिधिसभा मातहतका विभिन्न समितिका सभापतिसँग बुधबार भएको छलफलमा उहाँले सदनलाई प्रभावकारी तुल्याउनका लागि विजनेश दिलाउन समितिमा भएका विधेयकलाई गहिरोसँग छलफल यथाशीघ्र टुङ्ग्याउने कार्यमा सक्रियताका साथ लाग्न सुझाव दिए ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति अब्दुल खानले सभामुखबाट समितिमा के–कति विधेयक छ ? छलफलको अवस्था कस्तो छ ? कहिलेसम्म टुङ्गोमा पुर्‍याउन सकिन्छ ? भनी जिज्ञासा आएको जानकारी दिए ।

उनले समितिमा के–कस्ता समस्या छन् ? बैठकलाई कसरी प्रभावकारी गर्न सकिन्छ ? र विधेयकलाई छिटो अघि बढाउन आफ्नोतर्फबाट कस्तो सहयोगका अपेक्षा गर्नुभएको छ भनी सभामुखले चासो देखाएका थिए ।

यसअघि छलफलमा उपस्थित समिति सभापतिले आआफ्ना समितिमा भएगरेका काम, उपलब्धि र चुनौतीबारे सभामुखलाई जानकारी गराएका थिए । ‘कतिपय समितिमा चार/पाँच वटा विधेयक रहेको भए पनि केहीमा भने एउटा पनि विधेयक नरहेको त्यस अवसरमा सभामुखलाई जानकारी गराइयो । केही सभापतिले भने समितिमा रहेका कतिपय विधेयकमाथि धेरै नै संशोधन परेको र साँघुरो बैठक कक्ष भएका कारण बैठक व्यवस्थापनमा चुनौती रहेको जानकारी गराउनुभयो,’ खानले भने ।

बैठकमा सभापतिले बजेटलगायत विषयमा सभामुखको ध्यानाकर्षण गराएका थिए । राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले विधेयकलाई चाँडो निष्कर्षमा पुर्‍याउन र सदनलाई कसरी नियमित गर्ने भन्नेबारे सभामुखले छलफलमा चासो राख्नुभएको जानकारी दिए । उनले भने, ‘विधेयक कति छन्, कसरी चाँडो गर्न सकिन्छ भन्ने उहाँको चासो थियो, हामीले एक दिन समिति, अर्को दिन सदन चलाउन अनुरोध गरेका छौँ, विधेयक अघि बढाउने तथा सदन र समितिलाई कसरी प्रभावकारी बनाउने भन्नेमै छलफल केन्द्रित रह्यो ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका