"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समिति सभापतिहरुलाई सभामुखको निर्देशन : विधेयकहरु कार्ययोजना बनाएर समयमै टुङ्ग्याउनु

प्रकाशित मिति :  1 August, 2024 10:59 am


काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूलाई समितिमा रहेका विभिन्न विधेयकलाई कार्ययोजना बनाएर समयमा नै टुङ्ग्याउन निर्देशन दिएका छन् । 

प्रतिनिधिसभा मातहतका विभिन्न समितिका सभापतिसँग बुधबार भएको छलफलमा उहाँले सदनलाई प्रभावकारी तुल्याउनका लागि विजनेश दिलाउन समितिमा भएका विधेयकलाई गहिरोसँग छलफल यथाशीघ्र टुङ्ग्याउने कार्यमा सक्रियताका साथ लाग्न सुझाव दिए ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति अब्दुल खानले सभामुखबाट समितिमा के–कति विधेयक छ ? छलफलको अवस्था कस्तो छ ? कहिलेसम्म टुङ्गोमा पुर्‍याउन सकिन्छ ? भनी जिज्ञासा आएको जानकारी दिए ।

उनले समितिमा के–कस्ता समस्या छन् ? बैठकलाई कसरी प्रभावकारी गर्न सकिन्छ ? र विधेयकलाई छिटो अघि बढाउन आफ्नोतर्फबाट कस्तो सहयोगका अपेक्षा गर्नुभएको छ भनी सभामुखले चासो देखाएका थिए ।

यसअघि छलफलमा उपस्थित समिति सभापतिले आआफ्ना समितिमा भएगरेका काम, उपलब्धि र चुनौतीबारे सभामुखलाई जानकारी गराएका थिए । ‘कतिपय समितिमा चार/पाँच वटा विधेयक रहेको भए पनि केहीमा भने एउटा पनि विधेयक नरहेको त्यस अवसरमा सभामुखलाई जानकारी गराइयो । केही सभापतिले भने समितिमा रहेका कतिपय विधेयकमाथि धेरै नै संशोधन परेको र साँघुरो बैठक कक्ष भएका कारण बैठक व्यवस्थापनमा चुनौती रहेको जानकारी गराउनुभयो,’ खानले भने ।

बैठकमा सभापतिले बजेटलगायत विषयमा सभामुखको ध्यानाकर्षण गराएका थिए । राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले विधेयकलाई चाँडो निष्कर्षमा पुर्‍याउन र सदनलाई कसरी नियमित गर्ने भन्नेबारे सभामुखले छलफलमा चासो राख्नुभएको जानकारी दिए । उनले भने, ‘विधेयक कति छन्, कसरी चाँडो गर्न सकिन्छ भन्ने उहाँको चासो थियो, हामीले एक दिन समिति, अर्को दिन सदन चलाउन अनुरोध गरेका छौँ, विधेयक अघि बढाउने तथा सदन र समितिलाई कसरी प्रभावकारी बनाउने भन्नेमै छलफल केन्द्रित रह्यो ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको