"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काभा महिला भलिबल : नेपालको विजयी सुरुवात

प्रकाशित मिति :  1 August, 2024 6:13 pm


काठमाडौँ । नेपालले काभा महिला नेसन्स भलिबल लिगमा विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार देखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो ।

श्रीलङ्कामाथि सहज जित निकाल्ने क्रममा नेपालले २५–१९, २५–१८, २५–१९ को जित निकालेको थियो । पहिलो जितसँगै नेपालले तीन अङ्क बनाएको छ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, इरान, श्रीलङ्का र मालदिभ्स गरी पाँच देशको सहभागिता रहेको छ ।

नेपालले दोस्रो खेल साउन १८ गते भारत, तेस्रो खेल साउन १९ गते इरानसँग र लिग चरणको अन्तिम खेल साउन २० गते माल्दिभ्ससँग खेल्नेछ । साउन २३ गतेसम्म चल्ने प्रतियोगितामा लिग चरणपछि शीर्ष चारमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाल भलिबल सङ्घले पहिलो पटक काभा महिला नेसन्स लिग आयोजना गरेको हो । नेपाल यस प्रतियोगिताको साबिक विजेता हो । नेपालले महिलातर्फ सन् २०२३ को उपाधि जितेको थियो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार