"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काभा महिला भलिबल : नेपालको विजयी सुरुवात

प्रकाशित मिति :  1 August, 2024 6:13 pm


काठमाडौँ । नेपालले काभा महिला नेसन्स भलिबल लिगमा विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार देखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो ।

श्रीलङ्कामाथि सहज जित निकाल्ने क्रममा नेपालले २५–१९, २५–१८, २५–१९ को जित निकालेको थियो । पहिलो जितसँगै नेपालले तीन अङ्क बनाएको छ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, इरान, श्रीलङ्का र मालदिभ्स गरी पाँच देशको सहभागिता रहेको छ ।

नेपालले दोस्रो खेल साउन १८ गते भारत, तेस्रो खेल साउन १९ गते इरानसँग र लिग चरणको अन्तिम खेल साउन २० गते माल्दिभ्ससँग खेल्नेछ । साउन २३ गतेसम्म चल्ने प्रतियोगितामा लिग चरणपछि शीर्ष चारमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाल भलिबल सङ्घले पहिलो पटक काभा महिला नेसन्स लिग आयोजना गरेको हो । नेपाल यस प्रतियोगिताको साबिक विजेता हो । नेपालले महिलातर्फ सन् २०२३ को उपाधि जितेको थियो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई