"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काभा भलिबलमा भारतमाथि नेपालको रोमाञ्चक जित

प्रकाशित मिति :  3 August, 2024 5:29 pm


काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले भारतमाथि जित निकालेको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालले भारतमाथि ३-२ को सेटमा जित निकालेको हो।  पहिलो खेलमा श्रीलंकालाई हराएको नेपालको यो लगातार दोस्रो जित हो। 

खेलमा नेपालले पहिलो सेट २५-१८ ले जितेको थियो। दोस्रो सेटमा भारत २५-१२ ले जितेसँगै खेल १-१ को स्थितिमा आयो। तेस्रो सेटमा नेपालले २५- १७ ले जित्यो भने चौथो सेटमा भारत २५-१८ ले विजयी भयो। 

निर्णायक पाँचौ सेट १५-१३ ले विजयी भएसँगै नेपालले ऐतिहासिक जित निकाल्यो। अब नेपालले तेस्रो खेलमा आइतबार इरानसँग खेल्नेछ। नेपाल, इरान, श्रीलंका, भारत र माल्दिभ्स गरी पाँच टोली सुरुमा एकआपासमा भिड्नेछन्। प्रत्येक दिन दुई खेल हुनेछ। सेमिफाइनल अगस्ट ६ र फाइनल खेल अगस्ट ७ मा हुनेछ। 

लिग चरणमा पुछारको पाँचौं स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछ। शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउँनेछन्। अगस्ट ६ मा लिगको शीर्ष स्थानको टोली र चौथो स्थानमा रहने टोलीबीच तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच सेमिफाइनल हुनेछ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार