"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुदूरपश्चिम प्रदेश सरकार : मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी पेस

प्रकाशित मिति :  4 August, 2024 2:47 pm


काठमाडौँ – सुदुरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन्। शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्।  नेपाली कांग्रेस-नेकपा एमालेसहितको नयाँ गठबन्धन केन्द्रमा बनेसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको हो।

सोहीअनुसार यहाँ एमालेको प्रस्तावमा कांग्रेसका शाहले मुख्यमन्त्रीमा दाबी पेस गरे।  सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्।

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँले आह्वान गरेका थिए। आइतबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न उनले समय दिएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद