"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले स्टन्टबाजीका रुपमा कुनै काम गर्दैनौं : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  4 August, 2024 3:33 pm


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको समीकरणले स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कतिपयले भ्रम फिजाउने कोशिस गरिरहेको बताए ।

कतिपयले संविधानलाई विश्वास मात्र गर्नुपर्ने, फेर्न नपाउने ग्रन्थ जस्तो प्रचार गरेको उनको तर्क छ । आफूहरुले भनेको संविधान संशोधन प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीहरुको उद्घोष नभएको भन्दै उनले भने, ‘हामीले भनेको संविधान संशोधन लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानको स्वीकार्यता र प्रभावकारी अभिवृद्धि गर्न हो ।’

कांग्रेस र एमालेको समीकरणले कुनै भुलभुलैयामा, पपुलिस्ट हुने वा स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने समेत प्रधानमन्त्री ओलीले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता