"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काभा भलिबल नेसन्स : सेमिफाइनल समिकरण पूरा

प्रकाशित मिति :  5 August, 2024 3:27 pm


काठमाडौं – काभा भलिबल नेसन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको छ। सोमबार आफ्नो अन्तिम खेलमा भारतले श्रीलंकालाई ३-० को सेटमा पराजित गरेसँगै शीर्ष स्थान पक्का गर्‍यो। हारसँगै श्रीलंकाले चौथो स्थानमा रह्यो। अब भारत र श्रीलंकाबीच नै सेमिफाइनल हुनेछ।

यता भारतको जितले नेपालको शीर्ष स्थानमा रहने सम्भावना सकिएको छ। अब नेपाल र इरानले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। नेपालले आफ्नो अन्तिम खेलमा अहिले माल्दिभ्ससँग खेल्दैछ। यो खेलमा जिते पनि नेपाल दोस्रो स्थानमा रहनेछ भने इरान तेस्रो हुनेछ। दोस्रो र तेस्रो हुने टोलीबीच सेमिफाइनल हुने भएकाले माल्दिभ्सविरुद्धको जितले नेपाललाई कुनै अर्थ राख्ने छैन।

यसअघि आइतबार इरानसँग ३-२ को सेटमा पराजित भएपछि नेपालको शीर्ष स्थानमा पुग्ने सम्भावना कमजोर बनेको थियो।सेमिफाइनलमा भोलि मंगलबार भारत र श्रीलंकाबीच पहिलो सेमिफाइनल तथा नेपाल र इरानबीच दोस्रो सेमिफाइनल हुनेछ। पर्सी बुधबार प्रतियोगिताको फाइनल हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार