"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काभा भलिबल नेसन्स : सेमिफाइनल समिकरण पूरा

प्रकाशित मिति :  5 August, 2024 3:27 pm


काठमाडौं – काभा भलिबल नेसन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको छ। सोमबार आफ्नो अन्तिम खेलमा भारतले श्रीलंकालाई ३-० को सेटमा पराजित गरेसँगै शीर्ष स्थान पक्का गर्‍यो। हारसँगै श्रीलंकाले चौथो स्थानमा रह्यो। अब भारत र श्रीलंकाबीच नै सेमिफाइनल हुनेछ।

यता भारतको जितले नेपालको शीर्ष स्थानमा रहने सम्भावना सकिएको छ। अब नेपाल र इरानले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। नेपालले आफ्नो अन्तिम खेलमा अहिले माल्दिभ्ससँग खेल्दैछ। यो खेलमा जिते पनि नेपाल दोस्रो स्थानमा रहनेछ भने इरान तेस्रो हुनेछ। दोस्रो र तेस्रो हुने टोलीबीच सेमिफाइनल हुने भएकाले माल्दिभ्सविरुद्धको जितले नेपाललाई कुनै अर्थ राख्ने छैन।

यसअघि आइतबार इरानसँग ३-२ को सेटमा पराजित भएपछि नेपालको शीर्ष स्थानमा पुग्ने सम्भावना कमजोर बनेको थियो।सेमिफाइनलमा भोलि मंगलबार भारत र श्रीलंकाबीच पहिलो सेमिफाइनल तथा नेपाल र इरानबीच दोस्रो सेमिफाइनल हुनेछ। पर्सी बुधबार प्रतियोगिताको फाइनल हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको