"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

प्रकाशित मिति :  5 August, 2024 5:30 pm


धनगढी – आइतबार नियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहले आफ्नो शपथसँगै ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीसमेत नियुक्त गरेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्री र राज्यमन्त्रीहरुको शपथसमेत सोमबार नै भएको छ । 

यसपटक अघिल्ला सरकारमा जस्तो भागबन्डा मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस भएन । सबै मन्त्रालय र अझ राज्यमन्त्रीसहित भागबन्डा मिलाएर आफूसँगै शपथ गराउन मुख्यमन्त्री शाह सफल भएका छन् ।

सुदूरपश्चिम यसपटक नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्तिले सत्ता साझेदारी गरेका छन् । साझेदार दलहरुमध्ये मन्त्रालय संख्या भागबन्डाका क्रममा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र दुई जना राज्यमन्त्री, नेकपा एमालेले तीन मन्त्रालय र एक जना राज्यमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय भागबण्डा गरेका छन् । सबैको आकर्षण मानिने आर्थिक मामिला कांग्रेस र भौतिक पूर्वाधार मन्त्रालय एमालेले रोजेका छन् ।

नेपाली कांग्रेसले आर्थिक मामिला मन्त्रालयमा कञ्चनपुरका बहादुरसिंह थापा, सामाजिक विकास मन्त्रीमा अछामका मेघराज खड्का नियुक्त गरेको छ भने कैलालीका प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र डडेलधुराकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् ।

नेकपा एमालेबाट बैतडीका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार, भूमि व्यवस्था कृषि तथा सहकारीमा कञ्चनपुरका वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कञ्चनपुरकै हिरा सार्की नियुक्त भएका छन् ।

डोटीकी निर्मला साउँद भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्री नियुक्त भएकी छिन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी कैलालीका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले