"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काभा महिला नेसन्स लिग : फाइनलमा नेपालको भारतसंग भिडन्त

प्रकाशित मिति :  6 August, 2024 7:10 pm


काठमाडौँ – नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ । नेपालले मंगलबार राष्ट्रिय खेलकुद परिषद्‌को कभर्ड हलमा इरानलाई ३ सोझो सेटमा पराजित गरेको हो ।

राउन्ड रोविन लिगमा इरानले नेपाललाई ३-२ सेटले पराजित गरेको थियो । नेपालले त्यसको बदला लिँदै फाइनल यात्रा तय गरेको हो ।

नेपालले बुधबार हुने फाइनलमा भारतसँग खेल्नेछ ।

भारतले अर्को सेमिफाइनलमा श्रीलंकालाई पराजित गरेको थियो । उसले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । राउन्ड रोविन लिगमा नेपालले भारतलाई ३-१ सेटमा पराजित गरेको थियो । भारतमाथि नेपालको यो अहिलेसम्मकै पहिलो विजय थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई