"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद्को निर्णय : नेपाल प्रहरीका चार एआईजीको सरुवा

प्रकाशित मिति :  7 August, 2024 11:04 am


काठमाडौँ- नेपाल प्रहरीका चार जना एआईजीको सरुवा भएको छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीहरू दीपक थापा, किरण बज्राचार्य, श्यामलाल ज्ञवाली र रामदत्त जोशीको सरुवा गरेको हो।

एक मन्त्रीका अनुसार थापा सीआईबी, बज्राचार्य उपत्यका प्रहरी कार्यालय, ज्ञवाली प्रदेश समन्वय विभाग र जोशीलाई कार्यविभागमा सरुवा गरिएको हो।

बैठकले न्याय सेवा आयोग कानुन समूहका दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ। आलोकचन्द्र श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव र परस्वर ढुंगाना नेपाल कानुन आयोगको सचिवमा पदस्थापन गराइएको छ।

यसअघि कानुन सचिव फणीन्द्र गौतम थिए। उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटाको कानुन मन्त्रालयको सचिवमा सरुवा भएको ती मन्त्रीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा