"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद्को निर्णय : नेपाल प्रहरीका चार एआईजीको सरुवा

प्रकाशित मिति :  7 August, 2024 11:04 am


काठमाडौँ- नेपाल प्रहरीका चार जना एआईजीको सरुवा भएको छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीहरू दीपक थापा, किरण बज्राचार्य, श्यामलाल ज्ञवाली र रामदत्त जोशीको सरुवा गरेको हो।

एक मन्त्रीका अनुसार थापा सीआईबी, बज्राचार्य उपत्यका प्रहरी कार्यालय, ज्ञवाली प्रदेश समन्वय विभाग र जोशीलाई कार्यविभागमा सरुवा गरिएको हो।

बैठकले न्याय सेवा आयोग कानुन समूहका दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ। आलोकचन्द्र श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव र परस्वर ढुंगाना नेपाल कानुन आयोगको सचिवमा पदस्थापन गराइएको छ।

यसअघि कानुन सचिव फणीन्द्र गौतम थिए। उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटाको कानुन मन्त्रालयको सचिवमा सरुवा भएको ती मन्त्रीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी