"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मनसुन विपदबाट एक सय ६५ जनाको मृत्यु

प्रकाशित मिति :  7 August, 2024 2:42 pm


काठमाडौँ – यस वर्ष मनसुन भित्रिए यता बाढी, पहिरोलगायत विपदबाट एक सय ६५ जनाको मृत्यु भएको छ। गत जेठ २८ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदका थुप्रै घटनाहरू भएका छन्।  जसबाट मंगलबार अपराह्न ३ बजेसम्म १६५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

सोमबार अपराह्न ३ बजेदेखि मंगलबार अपराह्न ३ बजेसम्ममा मात्रै पनि पहिरोमा परी ११ जनाको मृत्यु भएको छ। बागलुङको बडिगाड गाउँपालिका-१० मा गएको पहिरोका कारण ७ जनाको मृत्यु भएको थियो।  गुल्मीको मुसिकोट नगरपालिका-१ मा गएको पहिरोले चार जनाको मृत्यु भएको हो। 

प्रहरीको तथ्यांकअनुसार पहिरोबाट १२ जना घाइते र चार जना बेपत्ता थिए। बेपत्ताहरू चारै जना बागलुङकै थिए। जसमध्ये तीन वर्षीय आरूष थापाको बुधबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। अन्यको खोजी भइरहेको छ। 

बाढी, पहिरो लगायतका विपद्‍मा परी जेठ यता काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५० जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६५ जनाको मृत्यु भएको हो। 

साथै काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ९८ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १० जनाको उद्धार गरिएको छ। 

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५१ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ। बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन्।

२ सय ६४ वटा घर, ९९ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ७ सय ५० वटा पशु चौपाय मरेका छ। उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार २ सय ५९ घर परिवार विस्थापित भएका छन्।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी