"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डे हेलिकप्टर दुर्घटनास्थलमा

प्रकाशित मिति :  8 August, 2024 12:51 pm


काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले एयर डाइनेस्टी ९एन-एजेडी कलसाइनको हेलिकप्टर दुर्घटना भएको नुवाकोट, शिवपुरी गाउँपालिका-७ सूर्यचौर पुगेर बिहीबार बिहान निरीक्षण गरेका छन् ।

सो क्रममा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रहेका थिए ।

मन्त्री पाण्डेले बुधबार नै दुर्घटनास्थलमा जाने तय भएपनि हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक तय भएको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग हवाई सुरक्षा लगायतका विषयमा छलफल गर्ने तय भएकाले जान सम्भव भएको थिएन ।

मन्त्री पाण्डेको सचिवालयले बुधबार राति एक प्रेस नोट जारी गर्दै यसअघि तय भएका सबै औपचारिक कार्यक्रम एक साताका लागि स्थगित गर्ने तथा आति आवश्यक बाहेकका भेटघाट बन्द गरी हवाई सुरक्षाका विषयमा चाल्नु पर्ने तत्कालीन तथा दीर्घकालीन काममा केन्द्रित हुने बताएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा