"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

प्रकाशित मिति :  11 August, 2024 11:34 am


काठमाडौं – भारतका विदेशसचिव विक्रम मिश्री आइतबार दुईदिने औपचारिक नेपाल भ्रमणमा आइपुगेका छन् । परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आइपुगेका हुन् ।  लम्सालले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ भ्रमण सार्वजनिक गरेका थिए ।

दुई विदेशसचिवले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रका अनुसार भारतका विदेशसचिवले नेपालका उच्चपदस्थ व्यक्तिसँग पनि भेट गर्ने कार्यक्रम छ ।

‘यो भ्रमण दुई मित्रवत् छिमेकीहरूबीचको नियमित भ्रमण आदान–प्रदानको निरन्तरता हो,’ परराष्ट्रले भनेको छ । ‘विदेशसचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदान–प्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ  ।

नेपालमा कांग्रेस र एमाले गठबन्धन सरकार गठनपछि भारतबाट नेपाल आएका उनी उच्च कूटनीतिक अधिकारी हुन् । भारतीय विदेशसचिव नियुक्त भएपछि उनको यो दोस्रो छिमेक भ्रमण हो । उनले ४ र ५ साउनमा भुटानको भ्रमण गरेका थिए । 

भारतीय विदेशसचिवहरूले पदभार सम्हालेलगत्तै छिमेकको परिचयात्मक भ्रमण गर्ने परम्परा रहँदै आएको छ । विनयमोहन क्वात्राको अवकाशपछि मिश्रीले ३१ असारदेखि भारतीय विदेशसचिवको कार्यभार सम्हालेका थिए । भारतका नवनियुक्त विदेशसचिव मिश्री सोमबार स्वदेश फर्किनेछन् । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको