"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

प्रकाशित मिति :  11 August, 2024 11:34 am


काठमाडौं – भारतका विदेशसचिव विक्रम मिश्री आइतबार दुईदिने औपचारिक नेपाल भ्रमणमा आइपुगेका छन् । परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आइपुगेका हुन् ।  लम्सालले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ भ्रमण सार्वजनिक गरेका थिए ।

दुई विदेशसचिवले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रका अनुसार भारतका विदेशसचिवले नेपालका उच्चपदस्थ व्यक्तिसँग पनि भेट गर्ने कार्यक्रम छ ।

‘यो भ्रमण दुई मित्रवत् छिमेकीहरूबीचको नियमित भ्रमण आदान–प्रदानको निरन्तरता हो,’ परराष्ट्रले भनेको छ । ‘विदेशसचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदान–प्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ  ।

नेपालमा कांग्रेस र एमाले गठबन्धन सरकार गठनपछि भारतबाट नेपाल आएका उनी उच्च कूटनीतिक अधिकारी हुन् । भारतीय विदेशसचिव नियुक्त भएपछि उनको यो दोस्रो छिमेक भ्रमण हो । उनले ४ र ५ साउनमा भुटानको भ्रमण गरेका थिए । 

भारतीय विदेशसचिवहरूले पदभार सम्हालेलगत्तै छिमेकको परिचयात्मक भ्रमण गर्ने परम्परा रहँदै आएको छ । विनयमोहन क्वात्राको अवकाशपछि मिश्रीले ३१ असारदेखि भारतीय विदेशसचिवको कार्यभार सम्हालेका थिए । भारतका नवनियुक्त विदेशसचिव मिश्री सोमबार स्वदेश फर्किनेछन् । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा